१९९५ मा वेलायतबाट शुरु भएको हिडेर बिद्यालय जाऔं अर्थात Walk to School आज देखि देखि नेपालमा पनि विधिवत रुपमा मनाउन थालिएको छ ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) ले संसारमै मनाउने सो दिवसको काठमाडौबाट आज शुरुवात ग¥यो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य अस्मिता गुरुङ्गले काठमाडौ प्रज्ञा कुञ्ज स्कूलबाट सो अभियानको शुरुवात गर्नुभयो ।
ईन्धनको बचत र सुरक्षित आवागमन र स्वच्छ वातावरणमा आवागमनको अवसरको पर्याय मानिएको सो अभियान बाट संसारमा करोडौ बालबालिकाहरु लाभांवित हुँदै आएको बिश्वास गरीएको छ ।
इन्धनको चरम संकट भोगि राखेको नेपाल जस्तो देशको लागी त यो अभियाननिकै फलदायीहुन सक्छ । पैदलविद्यालयजाने बालबालिकाहरुको मांशपेशी, मस्तिष्क र सिङ्गो शारिरीक विकासमा समेत सघाउ पु¥याउने विशेषज्ञहरुले बताएका छन् ।
नेपालमा युएन ग्वोवल विक् को समेत शुरुवात गरेको नासाको अन्तराष्ट्रिय महासंघ ईन्टरनेशनल फेडेरेसन डेल आटोमोवाईल एफआईएका अध्यक्ष जोन टडको आह्वानमा नासा लगायतका संसार भरिका मोटरिङ्ग एसोसिएसनहरुले विश्वव्यापी रुपमा मनाइरहेका छन् ।
आज शुरु गरेको सो अभियानलाई व्यवहारिक रुपमा समेत लागु गर्ने विश्वासका साथ राष्ट्रव्यापि वार्षिक कार्यक्रमको समेत आज घोषणा गरिएको छ । यसका साथै पश्चिम नेपालको बुटवल र आसपासमा यात्रुहरुको सुरक्षा तथा दुर्घटना न्युनिकरणमा सक्रिय रहदै आएको सुरक्षित यात्रा अभियान नेपालले बिशेष कार्यक्रमका साथ मनाएको छ ।