बुटवल जेठ १७
यस क्षेत्रका मोटर चलाउन सिक्न चाहने प्रशिक्षर्थीहरुले अव अन्तरराष्ट्रिय स्तरको मैदानबाट डाईभिङ्क प्रशिक्षण लिन पाउने भएका छन ।
बुटवलमा डाईभिङ्क प्रशिक्षण ब्यवसायमा संम्लग्न ब्यवसायीहरुको लगानीमा अन्तराष्ट्रिय स्तरको डाईभिङ्क प्रशिक्षण मैदान तयार भए पछि यस क्षेत्रका डाईभिङ्क प्रशिक्षण लिन चाहनेहरुका लागी त्यस्तो अवसर प्राप्त हुने भएको हो ।
परम्परागत सैलीमा डाईभिङ्क प्रशिक्षण लिई रोजगारी प्राप्त गर्ने कार्य समेत कठिन भएको अवस्थामा रोजगारीकालागी प्रतिस्पर्धा गर्न सहज हुने मात्र होईन दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने बिश्वास गरिएको छ ।
लामो समय देखि डाईभिङ्क प्रशिक्षण व्यवसायमा सम्लग्न ब्यवसायी नारायण अधिकारी हिमालय भुसाल कृष्णदेव भण्डारी र यम बहादुर थापाको निजी लगानीमा उक्त प्रशिक्षण मैदान तयार हुन लागेको हो ।
बुटवल १३ देविनगरमा करिव एक करोडको लागतमा तयार हुन लागेको उक्त मैदान पुर्ण रुपमा तयार हुदा चालकले अपनाउनु पर्ने बिधीबारे समेत जानकारी दिन बिभिन्न उपकरणहरु समेत जडान गरीने व्यवसायी नारायण अधिकारीले बताउनु भयो ।
अव परम्परागत तरिकाबाट मात्र प्रशिक्षण दिएर दुर्घटना न्युनिकरण र स्तरीय चालक उत्पादन गर्न सकिदैन तसर्थ अन्तराष्ट्रिय स्तरको प्रशिक्षण केन्द्को माग लाई पुरा गर्न हामी डाईभिङ्क प्रशिक्षण मैदान तयार गरेर प्रशिक्षण दिन लागी रहेका छौ अधिकारीले भन्नु भयो ।
अधिकारीले सिकाउने र आय आर्जजन गर्ने मात्र आफुहरुको लक्ष्य नभएको बताउदै यहा बाट उत्पादित चालकहरुले अन्तराष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सकुन भन्ने लक्ष्य राखिएको बताउनु भयो ।
परम्परागत ढंगले डाईभिङ्क प्रशिक्षण दिदा प्रशिक्षर्थीहरुलाई कठिन र लामो अवधी लागाउदा पनि चाहे जती दक्ष बनाउन नसकिएकोले नया तरिका अवलम्वन गरेर प्रशिक्षण दिन लागीएको अर्का लगानी कर्ता यम बहादुर थापाले बताउनु भयो ।
उक्त प्रशिक्षण मेैदानमा सिक्नेहरुले रातो पहेलो र हरियो बत्ति बारे जान्न टाफिक लाईटको प्रयोग देखि जेब्राक्रस, स्पीड ब्रेकर , उकालो ओरालो र घुमाउरो सडकको अनुभुती सहित प्रशिक्षणको ब्यवस्था मिलाईने ब्यवसायीहरुको दावी छ ।