अमृत गिरी
बुटवल, । विश्वभर मान्छेको ज्यान लिने नवौं कारणमध्ये पर्छ–सडक दुर्घटना । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार वर्षेनी करिब १३ लाख मानिसले सडक दुर्घटनामै परेर अकालमा ज्यान गुमाउ“छन् । यसैले भनिन्छ–दुर्घटना कहिल्यै निको नहुने रोग हो ।
अहिलेकै अवस्था कायम रहिरहे सन् २०२० सम्ममा सडक दुर्घटना जनस्वास्थ्यको नवौं होइन तेस्रो ठूलो चुनौती बन्ने अनुमान विज्ञहरुको छ । नेपालजस्तो अल्पविकसित राष्ट्र, सडकको अवस्था, जनशंख्याका हिसाबले यहा“ हुने दुर्घटना र त्यसबाट हुने मृत्यु सामान्य होइन् ।
हाम्रो जुन जनशंख्या छ र त्यसका हिसाबले जति दुर्घटना हुन्छ त्यो एसीयाकै पहिलोमा पर्छ । हामीकहा“ दिनैपिच्छे एक जना मान्छे सडक दुर्घटनाकै कारण ज्यान गुमाउने गरेको पाइन्छ । हाम्रा सडक, सवारी साधन र यात्रुसमेतका अवस्था जोखिम न्यूनिकरणतर्फ नलगाउने हो भने यो दुर्घटना अझ भयावह हुने निश्चित छ ।
हालैकौ एक तथ्यांक अनुसार नेपालमा हरेक वर्ष औसत १८०० जनाले सडक दुर्घटनाबाटै ज्यान गुमाउने गरेका छन् । ‘द गर्जियान’को हालै प्रकासित एक रिर्पोट अनुसार भारतमा वर्षेनी औसत १ लाख जनाले सडक दुर्घटनामै ज्यान गुमाउ“छन् । तर, भारत विशाल जनशंख्या भएको मुलुक हो । यस्तै चीनमा ९६ हजार, अमेरिकामा ४३ हजार, जापानमा ६६ हजार, जर्मनीमा ५ हजार जनाले सडक दुर्घटनाबाटै ज्यान गुमाइरहेको तथ्यांक छ ।
बढ्दो सवारी साधन, सडक सञ्जाल र आवत–जावतका कारण सडक दुर्घटनाका दर्दनाक पीडाहरु थपिदै गएका छन् । यस क्षेत्रकै कुरा गर्ने हो भने दर्दनाक र विभत्स दुर्घटनाका धेरै श्रृंखलाहरु छन् । महेन्द्र राजमार्गका सडक खण्ड होस वा सिद्धार्थ राजमार्गका सडक खण्ड सबैमा यस्ता दुर्घटानका दर्दनाक श्रृंखलाहरु छन् ।
बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा हिउ“दमै ढुंगे पहिरो खस्दा सवारी साधन नै पुरेका, मानिसहरु थिचिएका कारुणिक दुर्घटनाका श्रृंखला चलिरहेकै छन् । वर्षैपिच्छे जसो यो सडक खण्डमा दुर्घटना हुने गर्छ । बुटवल–भैरहवा सडक खण्डमा भने तीव्र गति, सवारी साधनको अनुसाशनहीनता, जथाभाबी ओभरटेक र सडकको अवस्थाका कारण दिनैपिच्छे जसो ठक्कर दिने र मानिस मर्ने गरेका दुर्घटनाहरु हुने गर्छन् । कोही बाटो वा पुलमा परेका खाल्डा जोगाउने क्रममा पछाडिबाट आइरहेको गाडीले ठक्कर दिएर मारिएका, कोही पैदल हिडिरहेकाहरु उताबाट तीव्र गतिमा आएको गाडीले ठक्कर दिएका मारिएका घटनाका समाचारहरु ताजै छन् ।
‘सडक सुरक्षा सम्बन्धी विषयमा यदी हाम्रा जिम्मेवार सबै निकाय र पक्षहरु संवेदनशिल नहुने हो भने सडक दुर्घटनाबाट उत्पन्न हुने पीडा भयावह हुने निश्चित छ’ लामो समयदेखि सुरक्षित यात्रा अभियान चलाउ“दै र सबैलाई सुरक्षित यात्राको हकको कुरा सिकाउ“दै आएका युवा अभियन्ता दिनेश पाण्डे भन्छन–‘कुनै एक जनाको मात्रै गल्तीले पनि धेरैको ज्यान अनाहकमा जान सक्छ त्यसैले सबैले उत्तिकै जिम्मेवारी वहन गर्नैपर्छ ।’
अभियन्ता पाण्डे भन्छन–‘सडक सुरक्षाको सूचकांकमा पहिलो नम्बरमा पर्ने स्वीडेनमा स्वीडिस सडक प्रशासनले सडक सुरक्षाको पूर्ण जिम्मेवारी लिएको छ । तर, हाम्रोमा राज्य नै पन्छिन खोज्छ ।’
‘जिरो भिजन’ शंोचबाट अघि बढिरहेको स्वीडेनले आगामी वर्षमा अर्थात सन् २०१८ सम्म सडक दुर्घटनाबाट हुने मृत्युलाई शून्यमा पु¥याउने लक्ष्य लिएको पाण्डेले जनाए । पाण्डे यस्तौ अभियानका क्रममा विभिन्न देशहरुको भ्रमण गरिसकेका छन् । उनले त्यहा“ सडकको अवस्था र सुरक्षाका बारेमा धेरै अनुभब र अध्ययन पनि गर्न भ्याएका छन् । नेसनल रोड सेफ्टी काउन्सिल (राष्ट्रिय सडक सुरक्षा परिषद्) नै गठन गरेर अभियान चलाउन जरुरी रहेको यहा“का अभियन्ताहरुको भनाइ छ ।
यता मजदुरहरुका नेता यातायात स्वतन्त्र मजदुर संगठनका लुम्बिनी अञ्चल अध्यक्ष कृष्णप्रसाद कंडेलले हरेक दुर्घटनाको सही कारण पत्ता लगाउन जरुरी रहेको बताउछन् । हरेक दुर्घटनामा चालकलाई नै दोषी देखाउने प्रवृत्ति रहेको गुनासो गर्दै उनले यसरी अरु क्षेत्र जिम्मेवारी र दोषबाट उम्किंदै आएको आरोप लगाए । जनसंख्या दुर्घटनाबाट हुने मृत्युको अनुपातका हिसाबले दक्षिण एसियामा पहिलो नम्बरमा पर्छ । तर, दुर्घटना न्यूनिकरणका अबलम्बन गरिएका उपायहरु भने प्रभाबकारी हुन सकेका छैनन् ।
पश्चिमाञ्चल क्षेत्रमा एक वर्षमा ५२० जनाको मृत्यु
बुटवल । एक वर्षभीत्र पश्चिमाञ्चल क्षेत्रमा भएका सडक दुर्घटनामा ५ सय २० जनाले ज्यान गुमाएका छन् । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय वुटवलका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा यस क्षेत्रमा १ हजार १ सय ९८ सवारी दुर्घटना भएका थिए ।
ती दुर्घटनामा ९ सय १ गम्भीर र ४ सय ५ सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङकले देखाएको छ । त्यसैगरी ०७१÷०७२ मा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ सय ४८ रहेको छ । यो अवधिमा १ हजार २ सय १९ सवारी दुर्घटना भएका थिए । प्रहरीका अनुसार ९ सय १ जना गम्भीर घाइते भएका थिए ।
८० प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय वुटवलका प्रहरी उपरिक्षक प्रकाश अधिकारीले बताए । उनका अनुसार दुर्घटनाको मुख्य कारण तिव्र गतीमा सवारी साधन चलाउनु, मोवाइल फोनको प्रयोग र ‘ओभर टेक’ हो ।
पश्चिम नेपाल वस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल सडक ऐनको प्रभावकारी कार्यन्वयन नहुनु, जीर्ण सडकको समयमा मर्मत नहुनु, यात्रुको चाप भन्दा सवारी साधनको सङख्या बढी हुनु, छाडा चौपाएको नियन्त्रण नहुन, सडक नै ओगट्ने गरी राखिने छड र ढुङगा दुर्घटनाको मुख्य कारण भएको बताउछन ।
उनी भन्छन–‘नेपाल सरकारको नियमनकारी निकायले दुर्घटना भएका ठाउ“मा समवेदना प्रकट गरेर मात्र नहुने बताए । दुर्घटनालाई रोक्नका लागि यातायात मन्त्रालय गठन गरी सम्बन्धित निकायको कामको प्रतिवेदन सहित अनुगमन गर्नुपर्ने र सडक अनुशासन पालना गरि राम्रो लाई प्रोत्साहन र नराम्रोलाई कारबाही गरेर अगाडी बढने हो भने दुर्घटना न्युन गर्न सकिने दावी गर्दछ । त्यसैगरी यातायात मजदूर भलाई कोषका अध्यक्ष नारायण भट्टराई सडक दुर्घटना हुनुमा सडक विभाग, यातायात व्यवसायी, यातायात कार्यालय र यात्रु नै दोषि भएको तर्क गर्छन । उनी भन्छन, सवारी संचालन विधि परम्परागत भएको भन्दै प्रणाली नै दोषि भएकाले एकले अर्कोलाई दोष थुपार्ने ठाउ“ नै छैन ।
दैनिक ५ जनाले ज्यान गुमाउछन
देशमा सवारी दुर्घटनाबाट दैनिक ५ जनाको मृत्यु हुने गरेको छ । व्यवस्थापिका संसदको विकास समितिले सवारी दुर्घटनाका बारेमा संसदमा हालै चलाएको एक छलफलमा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक महाशाखाले समितिसमक्ष आर्थिक वर्ष २०७२÷७३ प्रस्तुतको विवरणमा सवारी दुर्घटनाबाट मर्नेको संख्या दिन प्रतिदिन बढेको उल्लेख गरेको छ । महाशाखाका अनुसार गत आवमा मुलुकभर २ हजार ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
गत आवमा उपत्यकामा ५ हजार ६ सय ६८ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा १ सय ६६ जनाको मृत्यु, २ सय ७७ जना गम्भीर घाइते र ३ हजार ९ सय १ जना साधारण घाइते भएका थिए । पूर्वक्षेत्रमा २ हजार १ सय १३ गाडी दुर्घटना भए । दुर्घटनामा पूर्वक्षेत्रमा ४ सय ४६ जनाको मृत्यु, १५ सय ५६ गम्भीर घाइते र २३ सय ४ जना साधारण घाइते भएका थिए । गत आवमा मध्यक्षेत्रमा ९ सय ३७ सवारी दुर्घटना भएका थिए । उक्त दुर्घटनामा ५ सय २५ जनाको मृत्यु, १ हजार २१ जना गम्भीर घाइते र ९ सय ८८ साधारण घाइते भएको बताइएको छ ।
अस्तव्यस्त सडकहरु
सडक विभाग र स्थानीय पूर्वाधार तथा कृषि सडकको तथ्यांकका अनुसार मुलुकभर ५ हजार १ सय ३४ किमि सडक निर्माण भएको छ । त्यसमध्ये ३३ सय ४ किमि कालोपत्रे, ५ सय ४७ ग्राभेल, १२ हजार ८३ किमि धुलोटे सडक निर्माण गरिएको छ । यी मध्ये अधिकांश सडकहरु अस्तव्यस्त जस्तै छन् । अधिकांश सडकहरुको अवस्था कमजोर छ । विभागका अनुसार ७ हजार ३ सय ६० सहायक मार्ग निर्माण गरिएको छ । त्यसमध्ये ३ हजार ६५ किमि कालोपत्रे, ११ सय ८९ ग्राभेल, ३१ सय ६ किमि धुलौटे सडक छन् । १ सय ८६ किमि रणनीतिक सहरी सडक निर्माण गरिएको छ । त्यसमध्ये १ सय ८३ किमि कालोपत्रे, ३ किमि ग्राभेल, र १ किमि धुलौटे सडक छन् । ५० हजार ९ सय ४४ स्थानीय सडक निर्माण गरिएको छ ।