बसन्त श्रेष्ठ ‘छापेली ’
फाल्गुण ३ गते अर्घाखाँची
छुट्टा छुट्टै दुघट्नामा दुई जनाको ज्यान गएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका ८ नरपानीको बाघमारामा कार दुर्घट्ना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको हो । जसमा अन्य तीन जना घाइते भएका छन् । मे १ च १६७५ नम्बरको निजी कार दुर्घट्ना हुँदा सन्धिखर्क नगरपालिका १२ अर्घा फलेपत घर भै हाल सन्धिखर्क बस्दै आएका टंक रायमाझीको मृत्यु भएको हो ।
घाइते हुनेमा सन्धिखर्क १ का उमेश भुसाल, बिधा लिम्बु र सन्तोष गुरुङ रहेका छन । घाइतेहरुलाई थप उपचारको लागि बुटवल अञ्चल अस्पतालमा रिफर गरिएको छ । सन्धिखर्क तर्फ आउने क्रममा साँझ करिव सवा साता बजे दुर्घट्ना भएको प्रहरीले जनाएको छ । त्यस्तै सोही ठाउमै भएको जिप दुघट्नामा चार जना घाईते भएका छन । जस मध्ये दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
नरपानीको घुम्तीबाट सन्धिखर्क आउदै गरेको लु १ ज १५६६ नम्बरको जिप सन्धिखर्क नगरपालिका ६ को दहखोला नजिक गहतडाँडामा दुर्घटना भएको हो । जसमा गाडी चालक गुल्मी हाडहाडे १ का विष्णु घर्ती, अनिता घर्ती, तीन वर्षिय छोरी दुर्गा घर्ती र अड्गुरीका जानका परियार घाईते भएका छन । जसमध्ये गम्भिर घाईते विष्णु घर्ती र अनिता घर्तिलाई थप उपचारको लागि भैरहवा रिफर गरिएको जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ । जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो ।
सन्धिखर्क नगरपालिकाकै वडा नम्बर १४ ट्याक्टरबाट खसेर एक जनाएको ज्यान गएको छ । लु २ त ३८०८ नम्बरको ट्याक्टर सडकबाट खस्दा गम्भीर घाइते भएका सोही ठाउँका ४५ वर्षीय श्यामलाल नेपालीको उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँचीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । जिल्लामा पछिल्ला दिनमा सवारी दुघ्टना ह्वात्तै बढेको छ । अर्घाखाची दर्पणबाट