बुटवल जेठ १२
यातायात व्यवसायी महासंघ ट्रक ब्यवसायी महासंघ ढुवानी व्यवसायी महासंघ तथा यातायात मजदुर संघ संगठनहरुको संयुक्त आब्हानमा बुटवलमा बिरोध र्याली प्रर्दशन गरिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ अनुसार कसुर गर्नेलाई २५ रुपैया देखी २ सय रुपैया जरिवाना लिने व्यवस्था भएकोमा ५ सय देखि १५ सय रुपैया सम्म लिन लागेको बिरोधमा उनिहरुले बिरोध प्रर्दशन गरेका हुन ।
टाफिक चोकबाट सुरु भएको बिरोध र्यालीमा लुम्विनी अञ्चलमा रहेका यातायात व्यवसायी तथा मजदुर संघ संगठनका अध्यक्ष प्रतिनिधी तथा सदस्यहरु लगायत यातायात मजदुर तथा यातायात व्यवसायीहरुको सहभागी रहेको थियो ।
र्याली पछि लुम्विनी बस टर्मिनलमा आयोजित कोण सभामा बोल्दै पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले जुनसुकै समयमा पनि निती निर्माण गर्दा कम्तिमा एक पटक सरोकारवालाहरु संग छलफल गर्नुपर्ने मान्यता र बिधी बिपरीत बर्तमान सरकारले एकलौटी ढंगले जरीवाना बृद्धी गरेकोले आन्दोलीत हुनु परेको बताउनु भयो ।
यातायात व्यवसायी राष्टिय महासंघका लुम्विनी अञ्चल संयोजक डिल बहादुर ढुंगानाको अध्यक्षता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अञ्चल अध्यक्ष कृष्ण कण्डेलको सञ्चालनमा सम्पन्न कोण सभामा यातायात मजदुर नेताहरु राजेन्द्र रिजाल, डम्वर बुढाथोकी, कुमार नेपाली, कृष्ण बेल्वासे लगायतले बोल्दै सरकारले गरेको जरिवानाको बृद्धीले यातायात मजदुर र व्यवसायीलाई मात्र नभई सवारी साधनका प्रयोगकर्ता सम्पुर्ण चालकहरुका लागी भएको हुनाले आन्दोलनमा साथ दिन निजी तथा सार्वजनीक सवारी साधनका चालक तथा धनीहरुलाई आग्रह गरे ।
चक्काजामलाई सहयोग गर्न सवैलाई आग्रह
यसै बिच यातायात व्यवसायी तथा मजदुर संघ संगठनहरुले एक बिज्ञप्ती प्रकाशित गरी सरकारले दुर्घटना न्युनिकरणको नाममा राजस्व संकलन गर्ने मात्र सोच बनाएकोले आफुहरु आन्दोलीत हुनु परेकोमा दुख लागेको जनाएका छन ।
उनिहरुले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ अनुसार कसुर गर्नेलाई २५ रुपैया देखी २ सय रुपैया जरिवाना लिने व्यवस्था भएकोमा ५ सय देखि १५ सय रुपैया सम्म लिने गरी भएको व्यवस्था तत्काल लागु नगर्न पटक पटक गरिएको आग्रहलाई वेवास्ता गरिएको प्रति खेद ब्यक्त गर्दै आन्दोलनमा सहयोग गर्न सवैलाई अनुरोध गरेका छन ।
बिज्ञप्तीमा बिहिवार बिहान ५ बजेदेखि सांझ ५ बजे सम्म हुने चक्काजामका क्रममा दुध,खानेपानी, फोहर बोक्ने गाडी सञ्चार माध्यमका सवारी साधन, एम्वुलेन्स तथा शव बाहनलाई कुनैपनि अवरोध नगर्न हुन आन्दोलनमा सहभागी तथा सहकार्य गर्ने सवैमा अनुरोध गर्दछौं भनिएको छ ।
बिज्ञप्तीमा पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष एवं केन्द्रीय आन्दोलन मुल समितीका सदस्इ दधिराम खरेल, यातायात व्यवसायी महासंघका लुम्विनी अञ्चल संयोजक डिलबहादुर ढुंगाना, पश्चिमाञ्चल यातायात व्यवसायी समिती सदस्य लोकराज पोखरेल, शिद्धार्थ यातायात व्यवसायी समिती अध्यक्ष सुर्यकुमार सारु मगर, बुटवल यातायात व्यवसायी समिती अध्यक्ष डिल बहादुर थापा, लुम्विनी ट्याक्सी तथा भ्यान व्यवसायी समिती अध्यक्ष बिष्णु काफ्ले लगायतले हस्ताक्षर गर्नु भएको छ ।