से्तोपाटीबाट
धादिङको मार्पाकको लवांङफेदीमा भएको यात्रुवाहक बस दुर्घटनामा मृतकको संख्या १९ पुगेको छ।
दुर्घटनामा घाइते मध्ये १३ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
घाइतेलाई नेपाली सेनाको एमआइ १७ हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। घाइतेमध्ये एक जनाको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको छ।
१८ जनाको घटनास्थलमा नै मृत्यु भएको धादिङ्का प्रहरी प्रमुख शरदकुमार खत्रीले जानकारी दिए।
घाइतेमध्ये ६ जना गम्भीर घाइते छन्।