बुटवल मंसिर २
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले यातायातका साधनको नम्वर प्लेटको चेकजांच सुरु गरेको छ । ट्राफिक प्रहरीले सवारिसाधनमा नम्वर प्लेटलाई मोडीफाई गरि बिभिन्न आकारमा टास्ने, गाडि नम्वर नबुझिने गरि लेख्ने र नम्वर नबुझिने भैसक्दापनि पुन नलेख्ने सवारि साधनलाई चेक गरि सवारि धनि वा सवारी चालकलाई सचेत गराएको हो ।
चेकजांच गरेको स्थानमा ट्राफिक प्रहरीले गाडिको नम्वर प्लेटलाई पुनः रंग गरि र नबुझिने नम्वरलाई पुन लेखन गरी छाडेको छ । प्रष्टसंग देखिनु पर्ने नम्वर प्लेटलाई पढ्न नसकिने नबुझिने गरि राखेकाले गाडिको नम्वर पत्ता लगाउन पनि समस्या भएको भन्दै यस्तो अभियान अगाडी सारिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताउनुभयो ।
कतिपय अवस्थामा दुर्घटना गरि भागेको बेला र दुर्घटना भैसकेपछि पनि गाडि नम्वर चिन्न नसकिने अवस्था रहेको उहांको भनाई छ । गाडि जाचपास गर्दा नै यातायात कार्यालयले हेर्नुपर्ने भएपनि यातायात कार्यालयले हेर्दै नहेरी जांचपास गरिदिंदा यस्तो अभियान नै चलाउने अवस्था आएको ट्राफिक प्रहरीको भनाई छ ।
बुधवार बुटवल बसपार्कबाट प्रहरीले सो अभियानको सुरुवात गरेको हो । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले पश्चिम क्षेत्रका १६ जिल्लामा यो अभियानलाई मंसिर २ गतेबाट ३ दिन सम्म संचालन गरेको जनाएको छ ।
फोटो फिचर