भगवती पाण्डे
बुटवल फागुन ३
ट्राफिक प्रहरीले पश्चिमाञ्चल क्षेत्रमा नियम बिपरीत नम्वर प्लेट प्रयोग गर्ने सवारी साधनको नम्वर प्लेट सच्याउन लगाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐनले तोकेको निर्देशिका र निर्धारण गरेको मापदण्ड बिपरीत सवारी साधनको नम्वर प्लेट राखेका सवारी साधनका प्रयोगकर्तालाई सच्याउन आग्रह गरीएको ट्राफिक प्रहरीले जनाएको छ ।
माघ महिनामा मात्र पश्चिम क्षेत्रीय टाफिक प्रहरीले त्यस्ता बिभिन्न किसिमका अठ्ठाईस हजार दुई सय चौतीस वटा सवारी साधनको नम्वर स्पष्ट गराएको छ । ति मध्ये सवै भन्दा धेरै सुधार्नु पर्नेमा मोटरसाईकल १४ हजार ६ सय ३३ रहेका छन । यसका साथै रुपन्देहीमा सवै भन्दा धेरै ११ हजार ४ सय १४ सवारी साधनले नम्वर प्लेट स्पष्ट गरेका छन ।
सवारी साधनमा राखिएको नम्वर प्लेट सर्वसाधरणले समेत बुझ्ने किसीमको हुनुपर्ने नियम बिपरीत कतिपय सवारी साधनका प्रयोगकर्ताले अक्षर नबुझीने गरी लेख्ने गरेको तथा प्रयोग गरीएका अंकहरु बाझिने ढंगका भएको पाईए पछि टाफिक प्रहरीले स्पष्ट हुनेगरी राख्न आग्रह गरेको थियो ।
पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश अधिकारीले नम्वर प्लेटको अस्पष्टताका कारण कतिपय सवारी साधन दुर्घटना पछि फरार हुने अवस्था रहेको र कतिपयको नम्वर प्लेट अँैन्यौल श्रृजना हुने खालका रहेको पाईएपछि स्पष्ट गर्न लगाएको बताउनु भयो ।
अधिकारीले प्रथम पटकमा सच्याउन आग्रह गरीएको र २४ घण्टा भित्र समेत नसच्याउने सवारी साधनका प्रयोगकर्तालाई जरिवाना समेत गर्ने गरीएको बताउनु भयो । आफ्नै सवारी साधनको दर्ता कितावको पछिल्लो भागमा नम्वर प्लेटको साईज र त्यसमा उल्लेख गरीनु पर्ने मापदण्ड लेखिएको भए पनि सवारी साधनका प्रयोगकर्ताले हेक्का नराखेको पाइएको समेत अधिकारीले बताउनु भयो ।
सवारी साधनको नम्वर प्लेटमा सवारी दर्ता कितावमा ऐन बमोजिम तोकीएका अंक र अक्षर तोकीएकै साईजमा लेख्नु पर्ने तथा अन्य कुनै कुरा लेख्न नपाईनेमा कतिपयले देवी देवता , छोरा छोरी वा पसलको नाम लेख्ने गरेको पाईन्छ ।
सवारीख साधनमा नम्वर प्लेट स्पष्ट नहुदा यात्रुले समेत छुटेका लगेज पाउन नसकेको तथा दुर्घटना हुदा घटना गटाउने साधन परार हुने अन्यले दुख पाउने अवस्था समेत श्रृजना भएको प्रहरीको बिश्लेषण छ ।
क्ेहीदिन अघि त्यस्तै किसीमका नम्वर प्लेट प्रयोग गरेर भ्रम श्रृजना भएको तस्वीर यात्रा खवर डटकमले सार्वजनिक गरेको थियो ।
समाचार प्रकाशन हुनु अघि समाचार प्रकाशन पछि
टाफिक प्रहरीले देखाएको सक्रियता तस्वीरमा