सुरक्षित यात्रा अभियानलाई आईएफपीको सदस्यता
काठमाण्डौ जेठ १२
सडक दुर्घटना न्युनिकरणर सडक प्रयोगकर्ता यात्रुहरुको सुरक्षामा सक्रिय सुरक्षित यात्रा अभियान नेपाललाई अन्तराष्ट्रिय संगठनको सदस्यता प्राप्त भएको छ ।
सुरक्षित यात्रा अभियान नेपालले दिएको जानकारी अनुसार उक्त संस्थालाई स्वीजरल्याण्डमा केन्द्रिय कार्यालय भएको ईन्टरनेशनल फेडरेसन अफ पेडिस्ट्रियन, (पैदलयात्रीको सुरक्षाका लागी अन्तरराष्ट्रिय महासंघ)ले सदस्यता प्रदान गरेको हो ।
पैदल यात्रीहरुको सुरक्षामा बिश्वव्यापी वकालत गर्दै आएको उक्त संगठनले सुरक्षित यात्रा अभियान नेपालले नेपालको सडक दुर्घटना न्युनिकरण र सवारी साधनका यात्रुको सुरक्षा संगै सडक प्रयोगकर्ता साईकल यात्री र पैदलयात्रीहरुको सुरक्षामा खेलेको भुमिकालाई अध्यायन गरी सदस्यता प्रदान गरेको उक्त संस्थाका सचिव दिनेश पाण्डेले बताउनु भयो ।
“हामीले २०५७ साल देखि नेपाली सडकमा अकालमा ज्यानजाने क्रमलाई कमगर्न गरेको प्रयासको मुल्यांकन भएको छ हामी अत्यन्त खुशी छौं हामीलाई काम गर्न अझै उर्जा प्राप्त भएको छ ” पाण्डेले भन्नुभयो ।
सुरक्षित यात्रा अभियान नेपाललले लुम्विनीलाई केन्द्र बनाएर दुर्घटना न्युनिकरण, दुर्घटना पछिको उद्धार, सडकको बैज्ञानिक निर्माण र साईकल चालक र सडक प्रयोगकर्ता यात्रुहरुको सुरक्षित सडक प्रयोगको अधिकारमा वकालत गर्देै आएको छ ।
नेपाल अटोमोवाइल्स एशोसिएसन नासाको संस्थागत सदस्यको रुपमा सडक सुरक्षा अभियानमा सक्रिय सुरक्षित यात्रा अभियान नेपालले पछिल्लो समय बालबालिकाहरुलाई हिडेरै स्कुल जाऔ (क्बाभ ध्बपि तय क्अजयय ि)भन्ने नाराका साथ सहरी क्षेत्रका बिद्यार्थीहरुलाई हिडेर बिद्यालय जान प्रेरीत गर्दै आएको छ ।
यसका साथै उक्त संस्थाले नासा लगायतका संस्थाहरुको सहकार्यमा बुटवलको लुम्विनी बस टर्मिनलमा यात्रु सुचना केन्द्रको सञ्चालन, शैक्षिक छात्रबृती अक्षयकोषको स्थापना तथा देवदहमा ईमरजेन्सी रेस्क्यु सेन्टरको सञ्चालनको तयारी गरी रहेको छ ।