दिनेश पाण्डे
काठमाण्डौ फागुन ३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारीको निधन भएको छ ।
महाकाली यातायात व्यवसायी समितीको २०४० साल देखि उपाध्यक्ष तथा २०४७ देखि ५ पटक अध्यक्ष समेत रहेका भण्डारीको ह्दयघातका कारण निधन भएको बताईएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका तेश्रोे पटक अध्यक्ष भएका भण्डारीको नेतृत्वमा यातायात क्षेत्रमा धेरै सुधारका कामहरु भएको यातायात व्यवसायीहरुको भनाई छ ।
आज दिउसो यातायात क्षेत्रका समस्याका सम्वन्धमा गृह मन्त्रालयमा बैठक सम्पन्न गरेर फर्केका भण्डारी अचानक अस्वस्थ भएपछि काठमाण्डौ अस्पतालमा भर्ना भएका थिए ।
भण्डारी उपचारमा सम्लग्न चिकित्सकहरुले साझ पौने ६ बजे भण्डारीको निधन भएको जानकारी गराएको महाकाली यातायात व्यवसायी समितीका अध्यक्ष मनोज भट्टले जानकारी दिए ।
बैतडीको पाटनका स्थायी बासिन्दा भण्डारीका १ श्रीमती ३ छारी र एक छोरा रहेका छन ।
यसै बिच भण्डारीको निधन भएकोमा ं पश्चिम नेपाल बस व्यवसायी संघले एक बिज्ञप्ती प्रकाशित गरी दुख व्यक्त गरेको छ । संघका अध्यक्ष दधिराम खरेलद्धारा जारी बिज्ञप्तीमा भण्डारीको निधनले यातायात क्षेत्रले होनहार अगुवा गुमाएको भन्दै भण्डारीका परिवार प्रति समवेदना व्यक्त गरिएको छ ।