बुटवल साउन ३०
पश्चिम नेपाल बस व्यवसायी संघ स्वतन्त्र कर्मचारी युनियनको चौथो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ ।
युनियनका अध्यक्ष यज्ञ प्रसाद खनालको अध्यक्ष्ँता एवं मधुसुधन अधिकारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कर्मचारीहरु बाट नै कुनैपनि संस्थाको पहिचान र परिचय स्थापित हुने भन्दै संस्थाको पहिचान स्थापित गर्ने तर्फ लाग्नुपर्नेमा जोड दिए । उनिहरुले संस्था स्थापना गर्नुमात्र ठूलो कुरा नभई त्यसलाई जिवन्त राख्नु कठिन कार्य भएको भन्दै संस्था र कर्मचारीको हितमा काम गर्ने व्यक्तिलाई नेतृत्व सुम्पनुपर्ने बताएका थिए ।
उनिहरुले बस ब्यवसायी संघका कर्मचारीहरु यात्रु र ब्यवसायी संघ संस्थाको बिचमा पुलको काम गर्ने माध्यम रहेकोले आफ्नो त्यो भुमिकालाई नबिर्सन कर्मचारीहरुलाई आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथी एवं पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले बिगतमा स्वतन्त्र कर्मचारी युनीयनले संग भएको सहकार्य अबिश्मरणीय रहेको र आगामी दिनमा पनि सहकार्यको निरन्तरताको अपेक्षा रहेको बताउनु भयो । उहाले पश्चिम नेपाल बस ब्यवसायी संघ जुन सुकै समयमा पनि कर्मचारीहरुको हित र पक्षमा रहेको जनाउदै स्वतन्त्र कर्मचारी युनियनको नेतृत्व कर्मचारी र संस्थाको हितलाई बराबर ध्यानमा राखी अघि बढ्न सके कर्मचारी र संस्था दुवै दिगो रहने बताउनुभयो ।
सो अवसरमा संघका पूर्व अध्यक्ष्ँ कृष्ण प्रसाद न्यौपान, गणेशमान सैंजु, महासचिव जिवन बञ्जाडे, कार्यालय प्रमुख पोष्टराज गौतम, प्रेस सल्लाहकार दिनेश पाण्डे, यातायात मजदुर तथा व्यवसायी भलाईकोषका अध्यक्ष नारायण भट्टराई, मजदुर नेताहरु कृष्ण कंडेल, कृष्ण बेल्बासे, मित्रबन्धु न्यौपाने, विजेश न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।