महासचिव जीवन कुमार वन्जाडेद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन
सम्मानीत सभाका अध्यक्ष ज्यू
नेतृत्व पंक्तीका श्रद्धेय पूर्व अध्यक्षज्यूहरु
पदाधिकारीज्यूहरु, कार्यसमितिका सदस्य एवं सल्लाहकारज्यूहरु
तथा उपस्थित व्यवसायी मित्रहरु
यस संघको २० औ वार्षिक साधारण सभा सम्पन्न भएको सत्र महिना पछि आजको यस साधारण सभामा आफ्नो सम्पूर्ण व्यस्ततालाई थाती राखेर पाल्नु भएका मेरा सहकर्मी व्यवसायी मित्रहरुमा अघिल्लो साधारण सभाबाट पारित भएका नीति तथा कार्यक्रमको समिक्षा एवं उपलब्धीको मूल्याङ्कनका लागि उपस्थित सबैमा हार्दिक स्वागत तथा अभिवादन टक्रयाउन चाहन्छु ।
सर्वप्रथम यत्रतत्र छरिएर रहेका यातायात व्यवसायीलाई संगठित गरी व्यवसायीक हकहितका लागि अहोरात्र खटिने संस्थापकज्यूहरु एवं संघको संचालन व्यवस्थापनमा आफ्नो अमुल्य सुझाव प्रदान गरि रहने आदरणीय पूर्व अध्यक्षज्यूहरु प्रति आभार प्रकट गर्दछु ।
देशको सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्रता, लोकतन्त्र एवं गणतन्त्रका पक्षमा तथा अधिकार प्राप्तिका लागि संघर्षमा आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिद प्रति संघ एवं व्यक्तिगत तर्फबाट हार्दिक श्रद्धान्जली प्रकट गर्दछु ।
संघको हकहितका लागि अहोरात्र खटिनु भएको संस्थापक लगाएत स्वर्गीय पूर्व अध्यक्षज्यूहरु, संघको सेवाको शिलशिलामा विभिन्न किसिमको दुर्घटनामा परि निधन हुनु भएका सवारी धनी, कर्मचारी, पैदल यात्रु, यात्री, कत्र्तव्यपरायण मजदुर प्रति हार्दिक श्रद्धासुमन अपर्ण गर्दछु ।
अध्यक्ष ज्यू तथा व्यवसायी मित्रहरु
हामी सवारी वाहक यातायातका साधन संचालन गरी आफ्नो व्यक्तिगत लाभ मात्र गर्ने नभै देशको जिम्मेवार नागरिक समेत भएको हुँदा हाम्रो सेवाबाट कोही पनि बिमुख हुन नपरोस भनि दत्तचित्त रहेको व्यहोरा अनुरोध छ । हाम्रो कर्तव्य जनतालाई सरल र भरपर्दो सेवा उपलब्ध गराउनु एवं शुरु स्थानबाट छुटेका बसलाई अन्तिम गन्तव्यसम्म पु¥याउनु अनि पूनः शुरु स्थानमा सेवा पु¥याउनु आजको टट्कारो आवश्यकता हो । हाम्रो जस्तो भुपेरिवेष्ठीत एवं विकाशको गोरेटोमा भर्खर मात्र वामे सर्दै गरेको देशका लागि सडक यातयात मुख्य एवं महत्वपूर्ण साधन रहेको तथा यस्तो व्यवसायमा संलग्न व्यवसायीको नितान्त निजी लगानी रहेको हुँदा व्यवसायीको लगानी सुरक्षित गरी आम्दानीका श्रोत पहिचान गर्न एवं यात्रु उपभोक्ताका लागि सर्बसुलभ सेवा संचालन गर्न २०७१ कार्तिक २७ गतेबाट हालसम्म कार्य कारिणी समितिका १३ वटा पदाधिकारीका २२ वटा निर्देशन समितिका ७ वटा विभिन्न रुटका ३९ वटा बैठक बसी विभिन्न विषयमा छलफल गरिएको छ भने समानान्तर संघ–समिति सँग द्विपक्षीय हितका विषयमा छलफल गर्न जम्मा २७ वटा बैठक बसिएको व्यहोरा अनुरोध छ ।
अव म २०७१ साल श्रावण १ गतेबाट २०७२ आषाढ मसान्तसम्म संघमा भए गरेका गतिबिधिका बारेमा प्रकाश पार्न अनुमति चाहन्छु । यस संघबाट बस तथा व्यवसायीको हितको लागि संघले संचालन गरेका व्यवसायी संरक्षणकोष, कल्याणकारीकोषले दुर्घटनाबाट व्यवसायीलाई पर्ने प्रत्यक्ष असरबाट न्यूनिकरण गर्न सहयोग पु¥याएको छ भने पूराना गाडी संरक्षण कोषले पूराना बसका धनिलाई संरक्षण एवं गाडी मालिक राहतकोषबाट व्यवसायीको मृत्यु एवं उपचार (अप्रेशन) मा सहयोग पु¥याएको छ । जसलाई निम्नानुसार उल्लेख गर्न चाहन्छु ।
कल्याणकारीकोष तर्फ
गत आर्थिक बर्षमा कल्याणकारीकोष तर्फ जम्मा ७०२ वटा दुर्घटनाका केशहरु दर्ता हुन आएकोमा कर्तव्य पालनाको शिलशिलामा ३ जना मजदुरले ज्यान गुमाउनु परेको छ । त्यसै गरी तेस्रोपक्ष मानिस मृत्युको संख्या ३६ रहेको छ । हाम्रा सवारीका साधनमा यात्रा गर्ने यात्रुमा १० जनाले ज्यान गुमाउनु परेको छ भने हाम्रा साधनको ठक्करबाट ९७ पशु चौपाया मरेको अवस्था रहेको छ ।
व्यवसायी संरक्षाण कोष तर्फ
अनायस बस दुर्घटना भै बसमा हुने क्षतिबाट व्यवसायीलाई पर्न जाने प्रत्यक्ष प्रभावलाई न्यूनिकरण गर्न संघबाट संचालित व्यवसायी संरक्षणकोष अन्र्तगत गत आर्थिक वर्षमा १३०९ वटा दुर्घटनाका केशहरु दर्ता हुन आएका छन् जस मध्ये ६३६ वटा केशहरुमा कार्वाही भै टुङ्गो लागि सकेका छन् । भने निवेदन मात्र परी कार्वाही गर्न नपरेका २६५ वटा आफ्नो पक्ष निर्णय भएका ३९६ वटा तथा तेस्रोपक्षबाट असुल उपर गरेका १२ वटा केशहरु रहेको व्यहोरा सम्मानीत सभामा जानकारी गराउन चाहन्छु ।
पुराना गाडी संरक्षणकोष तर्फ
दिनानुदिन बदलिदो समय परिस्थिती एवं यात्रु उपभोक्ताको नयाँ सवारीका साधन चढ्ने चाहना तथा प्रर्तिस्प्रधात्मक व्यवसाय संचालनमा समय सापेक्ष रुपमा यात्रुको चाहनालाई अगिंकार गर्न केही पुराना बसको कारणले असहजता उत्पन्न भएको हुँदा बिगतमा संघबाट भएको विस्थापित गर्ने निर्णय अनुसार क्रमिक रुपमा बस विस्थापित भै रहेको र सो वापतको रकम भुक्तानी समेत भै सकेको व्यहोरा अनुरोध छ । साथै विगतमा संघबाट भएका विस्थापित गर्ने निर्णयलाई पूर्ण रुपमा कार्यन्वयन तर्फ अग्रसर हुन बाध्यात्मक व्यवस्था लागु गरिने व्यहोरा समेत अनुरोध गर्न चाहान्छु ।
गाडी मालिक राहतकोष
संघमा आवद्ध व्यवसायीको आकस्मीक मृत्युबाट निजका आश्रितले भोग्नु पर्ने आर्थिक समस्या तथा आकस्मीक उपचार (अप्रेशन) गर्दा उत्पन्न हुने आर्थिक संकटबाट केही हदसम्म सहगोग गर्ने गरी संचालन गरिएको गाडिमालिक राहतकोष नियमावली २०७० अन्र्तगत आर्थिक बर्षमा ५ जना व्यवसायी सदस्यको निधनमा संघबाट रु.५,००,०००।–(अक्षरुपी पाँच लाख रुपैयाँ) तथा उपचार (अप्रेशन) तर्फ ४१ जना व्यवसायीलाई रु.१५,४७,९९७।–(अक्षरुपी पन्ध्र लाख सत्चालिस हजार नौ सय सन्तानब्बे रुपैयाँ) भुक्तानी दिइएको छ भने गत आर्थिक वर्षबाट संघमा आवद्ध व्यवसायीको रु.१०,००,०००।–(अक्षरुपी दश लाख रुपैयाँ) बराबरको दुर्घटना बिमा गराइएकोमा मृत्यु तर्फ २ जना व्यवसायीका आश्रीतलाई तथा उपचार तर्फ ३ जना व्यवसायीलाई विमा दावीबाट भुक्तानी गराईएको व्यहोरा जानकारी गराउदछु ।
अध्यक्ष ज्यू तथा उपस्थित व्यवसायी मित्रहरु
यस संघका पूर्व अध्यक्ष ज्यूहरुको मार्गनिर्देशन, कार्यकारिणी समितिका साथीहरुको सहकार्य, व्यवसायी मित्रहरुको सुझाव तथा कर्मचारी वर्गको सहयोगमा हामीले यस संघको दैनिक प्रशासन, कार्य संचालन एवं व्यवस्थापकिय कार्यहरुमा केही सुधारात्मक कार्य गर्न सकिएको छ भने पर्याप्त उपलब्धी हासील गर्न प्रयन्तशील रहेको व्यहोरा जानकारी गराउँदछु ।
देश हाल परिवर्तनको संघारमा छ । हामीले करीब ६ महिना अघि मात्र नयाँ संविधान पाएका छौं । यो संविधानको प्रारम्भ सँगै आर्थिक सूचकांक माथि चढ्ने अपेक्षा गरिए पनि केही पक्षबाट संविधानमा केही असन्तुष्टी राख्दा अन्य व्यवसायका साथ साथै हाम्रो यातायात व्यवसायमा पनि गम्भिर असर परेको छ । कतिपय ठाउँमा हाम्रा सवारीका साधन ४ महिना सम्म संचालनमा आउन सकेनन् । जसबाट व्यवसायीका साथै संघलाई समेत लाखौंको नोक्सानी पर्न गएको छ भने बन्दको प्रभाव परेका क्षेत्रका व्यवसायीलाई प्रति बस रु.१०,०००।–(अक्षरुपी दश हजार रुपैयाँ) तथा आंशीक बन्दमा परेका व्यवसायीलाई प्रति बस रु.५०००।–(अक्षरुपी पाँच हजार रुपैयाँ) विजया दशमीका अवसर पारेर राहत सहगोग वितरण गरिएको छ । तसर्थ हामी चाहन्छौं असन्तुष्ट पक्षका जायज माग समय मै सम्बोधन गरी हाम्रा सवारीका साधन निर्वाध रुपमा संचालन हुन पाउन । साथै भविष्यमा समेत यस्ता सडक आन्दोलनलाई निषेध गर्न आवश्यक प्रक्रिया मिलाउन माग गर्दछु ।
गत बैशाख १२ गते् गएको बिनाशकारी महाभुकम्पको पिडाबाट माथि उठ्न नपाउदैं भारतले लगाएको अघोषित नाकाबन्दीका कारण यातायात व्यवसाय थप आक्रान्त बन्यो हाल नाका बन्दीमा केही खुकुलो भए पनि इन्धन आदिको अभाव कायमै हुँदा नागरीकलाई सहज जीवनयापनको व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्दछौं ।
व्यवसायी मित्रहरु हामी व्यवसाय गरी आफ्नो मात्र फाइदाको हिसाव गर्दैनौं । हाम्रा साधनमा यात्रा गर्ने यात्रीको सुरक्षा सँग पनि सम्वेदनशिल छौं । त्यस अर्थमा हामी सुरक्षित यातायातका साधन संचालनका लागि सबै पक्षसंग सहकार्य गर्न तम्तयार छौं । भुकम्पीय अस्तव्यस्तता, तरल राजनीतिक अवस्थाको फाइदा उठाउदै केही व्यापारिक मनोवृतिका व्यक्तिहरुबाट वातावरणीय सन्तुलन कायम राख्न सक्ने तथा इन्धनको बचत गराउन भूमिका खेल्न सक्ने नाममा ई–रिक्सा नामक जोखिम युुुुक्त तिनपांग्रे सवारीका साधन संचालनमा आएका छन् । साथै ई–रिक्सा दर्ता नगर्ने यातायात व्यवस्था विभागको निर्णयलाई चुनौति दिंदै हाम्रो संघलाई समेत विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका कारण त्यस्ता माफियाको दृष्टिकोण प्रष्ट भएको व्यहोरा यस सम्मानित सभामा जानकारी गराउन चाहन्छु ।
सभाध्यक्ष महोदय,
यस संघ मातहत रहेको आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण कार्यक्रम अन्र्तगत यस आ.ब.मा.बढी क्रियाशिलता देखाई मजदुरलाई परशिक्षणको कार्यक्रमलाई निरन्तरता दिइएको छ । जसका कारण गत आ.ब.को तुलनामा यस आ.ब.मा. हामी संग भएका सवारीका साधनको संख्याको समेत गणना गर्दा दुर्घटना न्यूनिकरण भएको व्यहोरा सम्मानित सभामा जानकारी गराउन चाहन्छु । भने गम्भीर प्रकृतिका दुर्घटना नभएको समेत जानकारी गराउदछु । दुर्घटना हुने दुर्घटनाबाट जनधनको समेत क्षति हुंदा आई पर्ने आर्थिक समस्यालाई न्यूनिकरण गर्न यस संघ मातहत संचालित सम्पूर्ण बसहरुको यात्रु मजदुर तथा तेस्रोपक्षको विमा व्यवसायीबाट अतिरिक्त शुल्क नलिई संघबाटै गरिएको व्यहोरा अनुरोध छ ।
संघमा आवद्ध सवारीका साधनको तुलनामा ति साधनले खाने क्यूमा समेत समय सापेक्ष बृद्धि गर्दै जाने क्रममा अर्घाखाँची –दिल्ली, बुटवल—दिल्ली नयाँ क्यू संचालन गरी अन्य केही स्थानमा क्यू बृद्धि प्रकृया थालनी गरीएको थियो तर भुकम्पका कारण पूनः क्यु बृद्धि कार्य स्थगित हुन पुग्यो भने इन्धन अभावको कारण संघले संचालन गरी आएको साविक क्यू समेत घटाई संचालन व्यवस्था मिलाउनु पर्दा पिडाबोध भएको महशुस गरेको छु । आशा गरौ छिट्टै समस्या समाधान भई थप क्युहरुका साथ सेवा प्रारम्भ गर्न पाईयोस ।
संघको २० औं वार्षिक साधारण सभामा कार्यकारीणी समितिको बैठकबाट अनुमोदन भै आएको महासचिबको प्रतिवेदनमा उल्लेख भएका संघले अख्तियार गर्नुपर्ने कार्यहरु केही प्रत्यक्ष वा परोक्ष रुपमा सम्पन्न भएभने केही सम्बोधन नभएको अवस्था रहेको व्यहोरा अनुरोध गर्न चाहन्छु । महासचिवको हैसियतमा मैले गत प्रतिवेदनमा देशको सडकको अवस्थाको माग उठाईएकोमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने कार्य भए पनि सडककको अवस्था ज्युका त्यू रहेको छ भने ट्राफिक प्रहरीको जरिवाना लिने प्रवृतिमा नगन्य सुधार देखिए पनि पूर्णत निषेध हुन सकेको छैन । त्यसै गरी सडक दुर्घटनाको वास्तविकता अध्ययन नगरि ठूला साधनको गल्ती देखाउने प्रबृति कायमै रहेको छ । यधपी यसका लागि संघबाट पहल भने भै नै रहेको छ । केही व्यवसायी संघ समितिबाट अघोषित रुपमा खुल्ला प्रतिस्प्रधामा गाडी चलाउन आमन्त्रण गरेको महशुस गरेको छु, तसर्थ सबै व्यवसायी साथीहरुलाई तयार रहन अनुरोध गर्दछु ।
संघ मातहत रुट परिवर्तन अवधीका सम्बन्धमा साधारण सभाले कार्यकारीणी समितिलाई अख्तीयारी प्रदान गरेकोमा सबै पक्षको अध्ययन गरि लामो दुरी (बस) का लागि ६ महिना तथा छोटो दुरी (माइक्रो) का लागि आठ महिना गराई कार्य प्रारम्भ भएको छ नयाँ बसको बिक्रि गर्न पाउने सम्बन्धमा एक वर्ष कायम गरिएको छ भने यस आ.ब.बाट व्यवसायी संरक्षण कोष अन्र्तगत कुनै बस दुर्घटना भै बाटो अवरुद्ध हुँदा तत्काल बाटो खुलाउनका लागि हेभी इक्यूपमेन्ट प्रयोग गरी बाटो खुलाउदा लागेको खर्च तथा दुर्घटना स्थलबाट प्रहरी कार्यालयसम्म तान्दा लाग्ने खर्च तथा बस पल्टी दुर्घटना हुँदा दुर्घटना स्थल फोटोको आधारमा बस उठाउदा लाग्ने खर्चको अधिकतम २०,०००।–(बिस हजार रुपैयाँ) सम्म संघबाट व्यहोरीने व्यहोरा सम्मानित सभामा जानकारी गराउन चाहन्छु । साथै संघबाट विभिन्न अस्पतालमा उपचारका लागि सम्झौता गरेकोले उपचार गराउन जादा संघलाई जानकारी गराई गएमा सहुलियतका लागि पहल गर्न सकिने व्यहोराका साथै सबै व्यवसायीको दुर्घटना विमा गराइएको हुंदा दुर्घटना पश्चात घाईते भै उपचार गराएमा त्यस्तो उपचारको विमा दावी गर्न सकिने व्यहोरा जानकारी गराउन चाहन्छु ।
अध्यक्ष ज्यू तथा व्यवसायी साथीहरु
हामीले हाम्रो सेवा संचालन गर्ने अधिकांश सडक पहाडी क्षेत्रमा रहेका छन् । ति सडक जोखिम युक्त पनि छन् । सो विषयलाई दृष्टीगत गरी पुराना मोडलका बस संचालन गर्न उपयुक्त नदेखिएकोले कार्य कारिणी समितिको बैठकबाट निर्णय भै आए बमोजिम अवबाट पहाडी सडकमा सन् २००३ मोडलसम्मका बसलाई संचालन अनुमति नदिईने हुंदा सोको अनुमोदनका लागि अनुरोध गर्दछु ।
अध्यक्ष ज्यू,
अब म आ.ब.२०७२÷०७३ का लागि बजेट समितिले तयार पारी कार्यकारिणी समितिको बैठकबाट अनुमोदन भएको निर्णय आजको यस सभामा पेश हुन आएको वार्षिक आय व्ययको मुख्य बुदाँ तर्फ ध्यानाकर्षण गराउन चाहन्छु । संघको मुख्य आयश्रोत दैनिक ट्रिपदस्तुर, मासिक, पटके तथा रिर्जवमा कुनै परिवर्तन नगरी गत आ.ब.मा सरह लिने गरी रु.११,९८,५१,६२८।–(अक्षरुपी एघार करोड अन्ठानब्बे लाख एकाउन्न हजार छ सय अठ्ठाईस रुपैयाँ), रिर्जव शुल्कबाट रु.१,३०,००,०००।–(अक्षरुपी एक करोड तिस लाख रुपैयाँ),विमा दावीबाट रु.२,००,००,०००।– (अक्षरुपी दुई करोड रुपैयाँ) तथा बांकी अन्य शिर्षकबाट गरी रु.३३,७१,२५,५६८÷८१ –(अक्षरुपी तेत्तिस करोड एकहत्तर लाख पच्चीस हजार पाँच सय अठ्सठ्ठी रुपैयाँ एकासी पैसा) उठाउने लक्ष्य लिइएको छ भने खर्च तर्फ कल्याणकारीकोषका लागि रु.८,००,००,०००।–(अक्षरुपी आठ करोड रुपैयाँ)व्यवसायी संरक्षणकोषका लागि रु.३,००,००,०००।–(अक्षरुपी तीन करोड रुपैयाँ), विस्थापित कोषका लागि रु.६०,००,०००।–(अक्षरुपी साठी लाख रुपैयाँ),कर्मचारी वेतनका लागि रु.२,२५,००,०००।– (अक्षरुपी दुई करोड पच्चीस लाख रुपैयाँ) र गाडी मालिक राहतकोषमा गा.मा. मृत्यु भएमा रु.२,००,०००।–(अक्षरुपी दुई लाख रुपैयाँ) तथा उपचार (अप्रेशन) मा अधिकतम् रु.७५,०००।–(अक्षरुपी पचहत्तर हजार रुपैयाँ) साथै मृगौला, मुटु रोग, फोक्सो, क्यान्सर लगाएतका उपचारमा (भर्ना भै उपचार गरेको भए) वार्षिक एक पटक पाउने गरी अधिकतम् रु.२०,०००।–(अक्षरुपी बिस हजार रुपैयाँ) भुक्तानी दिने गरी जम्मा रु.५५,००,०००।–(अक्षरुपी पचपन्न लाख रुपैयाँ) बिनियोजन गरिएको व्यहोरा अनुरोध छ ।
अन्तमा संघको २० औं साधारण सभा एवं अधिवेशनबाट मलाई महासचिबमा पूनः बिजय गराउनु हुने एवं एक वर्षको अवधिमा मलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु साथै भूकम्पका बेला राहत एवं उद्धारमा सहयोग पु¥याउनु हुने तथा इन्धन अभावका बेलामा समेत संयमता साथ सहयोग गर्नु हुने पूर्व अध्यक्ष ज्यू, कार्यकारिणी समिति, पदाधिकारीज्यूहरु, सदस्य एवं सल्लाहकारज्यूहरु, सम्पूर्ण व्यवसायी मित्र, कर्मचारी वर्ग एवं मजदुर साथीहरुमा आभार प्रकट गर्दैं यो प्रतिवेदन अन्त्य गर्न चाहन्छु ।
धन्यवाद