बुटवल साउन २३
सिद्धार्थ राजमार्गको बुटवल पााल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबामा माथीबाट झरेको पहिरोमा परि यात्रु बाहक बस दुर्घटनामा परेको छ ।
पाल्पाबाट बुटवलको लागि विहान ११ः४५ बजे छुटेको लु. १ ख. ५७७१ नं. को यात्रु बाहक बस दिउसो साढे १ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडक माथीबाट पानीको छहरो संगै झरेको लेदो पहिरोमा परी बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । माथीबाट बगेको लेदोपहिरोमा केहि बेर बस फसेपछि बसमा सवार यात्रुहरु ओर्लिएका कारण धेरै मानविय क्ष्ँती हुन नपाएको प्रहरीले जनाएको छ ।
करिब २५ जना जति बसमा यात्रु रहेको र बस पहिरोमा फसेपछि अधिकांश यात्रुहरु बस नबगाउंदै झरेको सोहि बसमा सवार शंकर न्यौपानेले बताए । पाल्पा दोभानबाट उक्त बसमा चढेका न्यौपानेका अनुसार पहिरोमा परी करिब ५ मिनेट बस फसेको थियो ।
सोहि समयमा करिब २० जनाजती यात्रु ओर्लिएको हुन सक्ने उनले बताए । बस तिनाउ नदिमा खसेको र बाढीले पुरै डुबाएकोले कति यात्रु पहिरोमा परेका छन् भने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थल अत्यन्त अप्ठ्यारो ठाउंमा रहेको र माथीबाट ढुंगा सहितको पहिरो झरिरहेकोले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ । पश्चिम क्ष्ँेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्ष्ँक हरिराज वाग्लेले बस नदिमा पुरै डुबेको र कुनैपनि भाग नदेखिएकोले उद्धारमा कठिनाई भएको बताए ।
पानी भित्र गएर उद्धार गर्न अत्याधुनिक उद्धार सामाग्री सहित गोताखोर आवश्यक पर्ने भएपनि यहां त्यसको अभावमा उद्धारमा समस्या भएको उनले बताए । यो सडकखण्डमा हरेक वर्ष हिले तथा धुले पहिरोमा परि हरेक वर्ष दर्जनौ व्यक्तिहरुले ज्यान गुमाएका छन् ।
यसअघि पनि माथीबाट खसेको ढुंगाले थिची दुईजना डाक्टरको ज्यान गएको थियो भने गत बुधवार सोहि स्थानमा अर्को एउटा कार पहिरोमा च्यापिएको थियो ।
अहिले पहिरोको कारण अवरुद्ध भएको सडक डोजर लगाएर सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।