बुटवल जेठ ८
सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्ड अन्तरगत पाल्पाको दोभानमा भएको सडक दुर्घटनामा आज दिउसो २ जनाको ज्यान गएको छ ।
दुर्घटनमा परि बा १ क ९१०० नंम्वरका टिप्पर चालक बिमल बुढाथोकी र सहचालक देवेन्द्र गुरुङ्क रहेका छन ।
पाल्पा झुम्सा बाट बुटवल तर्फ बुटवल तर्फ आउदै गरेको उक्त टिप्पर दोभानको नर्सरी भन्ने स्थानमा आईपुग्दा अगाडीको टायर पञ्चर भएका कारण उक्त दुर्घटना ुहन गएको प्रहरीको प्रारम्भिक अध्यायनले देखाएको छ ।
दुर्घटनापछि सडक बाट करिव २ सय मिटर तल खसेको टिप्परका घाईते चालक र सहचालकलाई उद्धार गरी उपचारका लागी बुटवल तर्फ ल्याउदैगर्दा दुवैको बाटोमै ज्यान गएको बताइएको छ ।