बुटवल जेठ ४
पश्चिम नेपाल बस व्यवसायी संघले अव २००३ मोडल भन्दा पुराना बस पहाडी सडकमा निषेध गरेको छ ।
संघको मंगलवार सम्पन्न बैठकले पहाडि सडकहरुमा पुराना बस चलाउदा दुर्घटनाको जोखिम बढेको भन्दै ति सडकहरुमा २००३ साल भन्दा अघि बनेका सवारीहरु नचलाउने निर्णय गरेको हो ।
यस अघि ति सडकहरुमा २००० मोडेल सम्मका सवारी साधनले यात्रुलाई सेवा दिदै आएकोमा समायानुकुल सेवालाई यात्रुमैत्री तथा सुरक्षित बनाउन नया मापदण्ड बनाएको संघले जनाएको छ ।
अव यात्रुको भावनाको सम्मान गर्दै सेवालाई सुरक्षित र स्तरीय बनाउन पहाडी रुटहरुमा १२ बर्ष भन्दा पुराना गाडी नचलाउने निर्णय गरिएको संघका महासचिव जिवन कुमार बन्जाडेले बताउनु भयो । अव पहाडी सडकहरुमा १२ बर्ष भन्दा पुराना गाडि जान निषेध गरीएको छ उहाले भन्नु भयो ।
बुटवल लाई प्रस्थान बिन्दु मानेर देशका १४ वटै अञ्चलमा सेवा सञ्चालन गर्दै आएको संघले शिद्धार्थ राजमार्ग लगायत पहाडि सडकहरुमा गुल्मी, अर्घाखाची, पाल्पा स्याङ्कजा पर्वत बाग्लुङ्क लगायतका जिल्लाका ग्रामीण तह सम्म सेवा प्रवाह गर्दै आएको छ ।
सरकारले २० बर्ष पुराना गाडी बिस्थापन गर्ने चर्चा चलाए संगै आफु मातहतका पुराना सवारी साधन बिस्थापन गर्न थालेको संघले एक बिस्थापित र एक स्थापीतको निती अंगीकार गर्दै नया र स्तरीय सेवा सञ्चालन गर्दै आएको छ ।
संघमा अहिले १५ बर्ष पुराना कुनै पनि सवारी साधन नभएको संघको दावी छ । संघका बरिष्ठ उपाध्यक्ष नारायण प्रसाद घिमीरेले पुराना सवारी बिस्थापीत गरे बापत संघले व्यवसायीलाई प्रति गाडी ६ लाख रुपैया उपलब्ध गराउदै आएको बताउनु भयो । घिमीरेका अनुसार पुराना गाडी बिस्थापन गर्दा संघले हाल सम्म करिव २ अर्व बढी रुपैया खर्चेको छ ।
करिव २५ सय सवारी साधन आबद्ध रहेको संघ नेपालका यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी संस्थाहरुमा सवैभन्दा ठुलो संस्थाको रुपमा चिनिदै आएको छ ।