बुटवल जेठ ११
सवारी साधनलाई ट्राफिक प्रहरीले लिंदै आएको जरिवाना रकम अत्यधिक वृद्धि गरिएको भन्दै यातायात सम्बद्ध संघ संस्थाहरु आन्दोलित भएका छन् ।
सरकारले सरोकारवालाहरु संग समन्वय नै नगरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६३ र १६४ मा रहेको जरिवाना रकमलाई अत्यधिक वृद्धि गरेको भन्दै उनिहरु आन्दोलित भएका हुन् । उनिहरुले बढेको जरिवाना नघटाए आन्दोलन नरोकिने समेत चेतावनी दिए
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघ नेपाल संगै चारवटा यातायात मजदुर संगठनहरुले जरिवाना शुल्क वृद्धिको विरोध गर्दै संयुक्त रुपमा आन्दोलन मुल समिती गठन गरि आन्दोलनका कार्यक्रम अघि सारेका हुन् । समितीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आगामी १३ गते देशव्यापी चक्काजाम गर्ने जनाएको छ ।
संघर्ष समितीका लुम्बिनी अञ्चल संयोजक डिल बहादुर ढुंगानाको अध्यक्ष्ँता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वर्गिय संयोजक जिवन कुमार बञ्जाडेको संचालन एवं ढुवानी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष्ँ माधव नेपालको स्वागतमा सम्पन्न भएको पत्रकार सम्मेलनमा महासंघका पूर्व अध्यक्ष्ँ चोपनारायण श्रेष्ठले विगतमा यातायात व्यवसायी संघसंस्थाहरु संग भएका सहमतीको वेवास्ता गर्दै सरकारले यातायात व्यवस्था ऐनको संसोधित व्यवस्था ल्याएको भन्दै त्यसको खारेजीको माग गर्नुभयो ।
संघर्ष समितीका केन्द्रिय सदस्य एवं पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष्ँ दधिराम खरेलले ट्राफिक प्रहरीले १५ प्रतिशत कमिसनको लोभमा यातायात मजदुरमाथी चर्को जरिवाना थोपर्ने गरेको बताउंदै जरिवाना वापतको कमिसन रकम दुर्घटना न्यूनिकरणको क्ष्ँेत्रमा लगाउनुपर्ने बताउनुभयो ।
दुर्घटना न्यूनिकरण सम्बन्धि जुनसुकै र जस्तासुकै कार्यक्रममा पनि सरकारसंग सहकार्य र सहयोग गर्न तयार रहेको भन्दै उहांले जरिवाना गर्दैमा दुर्घटना कम हुन्छन् भन्ने मान्यता हटाउन आग्रह गर्नुभयो ।
नेपाल यातायात मजदुर संगठनको केन्द्रिय सदस्य दिर्घ बहादुर केशीले यातायात क्षेत्रमा देखिएका सबै कमजोरीको दोष मजदुरमाथी थोपरेर सरकार उम्किन नपाउने बताउनुभयो । यातायात सम्बद्ध संघसंस्थाहरु संगको आवश्यक छलफल पछि मात्र संसोधित नियम कार्यान्वयन गर्न गृहप्रशासनले निर्देशन दिएपनि ट्राफिक प्रहरीले निर्देशनको अवज्ञा गर्दै जेठ १ गतेदेखि ५ सय देखि १५ सय रुपैया सम्म जरिवाना असुल गर्न थालेपछि उनिहरु आन्दोलित भएका हुन् ।