बुटवल कार्तिक १३
त्रिसुलीमा बस खसेर ३१ जना यात्रुको ज्यान गएको घटना सेलाउन नपाउदै सोमवार फेरी १५ जनाको सडक र सवारीका कारण ज्यान गएको छ ।
गुल्मी दरवार गाउंपालिका ४ मा भएको सवारी दुर्घटनामा १० जनाको ज्यान गएको छ । भने आजै दिउसो रौतहटको कटारीमा भएको सुमो जिप दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन । तम्घासमा भएको दुर्घटनमा सवारी साधनका चालकको समेत ज्यान गएको बताईएको छ ।
वुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि विहान ९ वजे छुटेको वा ४ ख ५५०१ नम्बरको हाइस गुल्मी दरवार ४ विरवास नजिकै दिउसो २ वजेतिर दुर्घटना परेको हो ।
दुर्घटनामा माईक्रोबसका चालक रेसुङ्गा नगरपालिका १० का भिम बहादुर घर्ती सहित १० जनाको ज्यान गएको गुल्मी प्रहरीले जनाएको छ ।
यसरी दुर्घटनामा ज्यान गुमाउनेहरुमा मुसिकोट नगरपालिका २ की ४० बर्षिय वालकुमारी थापा, इस्मा गाउंपालिका २ की ४५ बर्षिय रुमी नेपाली, इस्मा ६ का २५ बर्षिय डिल बहादुर कुमाल, इस्मा १ की ३० बर्षिय यमुना मरासिनी, रुरु ६ की ३२ बर्षिय सुिमत्रा दर्लामी, मालिका गाउंपालिका ६ का २८ बर्षिय लाल बहादुर मुखिया, अर्घाखंची छत्रदेव गाउंपालिका ७ का ४२ बर्षिय राम प्रसाद पाण्डे र व्रिटीश वेलफेयर गुल्मीमा कार्यरत वुटवलका केश बहादुर गुरुङ छन ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीका अनुसार अन्य सवैको पहिचान भए पनि मेडिकल कलेज परवास पाल्पामा उपचारको क्रममा मृत्यु भएको १ जनाको भने परिचय खुल्न सकेको छैन ।
घटनामा २ जना वच्चा सहित ८ जना घाईते भएका छन । मृतक मध्ये ६ जनाको घटनास्थलमै ज्यान गएको हो भने ३ जनाको पाल्पामा उपचार र १ जनाको श्रृङगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मालिका गाउंपालिका ७ का १९ बर्षिय सुमन कार्की, रुरु गाउंपालिका १ का १९ बर्षिय माधव पोखरेल, मुसिकोट नगरपालिका २ का २३ बर्षिय प्रकाश केसी, गुल्मी दरवार गाउंपालिका ४ का ३२ बर्षिय गोकुल कार्की, रेसुङगा नगरपालिका ८ की १० बर्षिय रविना दर्लामी, मालिका गाउंपालिका ७ की १९ बर्षिय एलिसा घिमिरे, र अर्घाखंची मालारानी गाउंपालिका १ का २९ बर्षिय बिष्णु भुसाल घाईते भएका छन् ।
दुर्घटनामा इस्मा गाउंपालिका १ का ४ बर्षिय श्रृजन मरासिनी र २ उनकी बहीनी श्रृष्टी पनि घाईते भएका छन् । घाईते मध्ये सुमन कार्कीको अवस्था गम्भिर रहेको छ । घाईते सबैको पाल्पामा उपचार भैरहेको छ । उक्त माइक्रोबस सडकवाट करिव ४ सय मिटर तल खसेको छ ।
बस्तीको नजिकै दुर्घटना भएकाले उद्धार भने तत्काल भएको थियो । उद्धारमा स्थानीयवासी, जिल्ला प्रहरी कार्यालय गुल्मी, इलाका प्रहरी कार्यालय रिडी, प्रहरी चौकी श्रृङ्गा,शसस्त्र प्रहरी वल गुल्म गुल्मीको प्रहरी खटिएको थियो ।
यता तिलोत्तमा नगरपालिकाको नयांमिल चोकमा सोमबार बिहान भएको सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सडक दुर्घटनामा परी ओमसतिया गांउपालिका ४ का वृजेश चौधरीको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
३० वर्षिय चौधरीले आफैले चलाएको मोटरसाईकल दुर्घटनामा परी उपचारको क्रममा मृत्यु भएको हो । ट्राफिक प्रहरीका अनुसार मोटरसाईकलमा सवार रोहिणी गांउपालिका २ का लालमणि तिवारी घाईते भएका छन् । घाईते तिवारीको क्रिमसन अस्पतालमा उपचार भईरहेको छ ।
सोमबार बिहान भैरहवाबाट लु.२१ प ९१६७ नम्बरको मोटरसाईलकमा बुटवलतर्फ आउंदै गर्दा चौधरी र तिवारी नयांमिल चोकमा दुर्घटनामा परेका थिए ।
दुर्घटनामा मृत्यु भएका वृजेश चौधरीले चलाएको मोटरसाईकल अनियन्त्रित भएपछि सडक छेउमा रहेको रेलिङमा ठोक्किएको प्रहरीले बताएको छ ।