नवलपरासी साउन ३१
नवलपरासीमा आन्दोलनकारीको तोडफोड तथा आगजनीमा परि ट्रक चालकको मृत्यु भएको छ । शनिवार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत वासामा आन्दोलन पक्षधरबाट पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा आवद्ध ना. ४ ख १६१८ नं. को ट्रकमा भएको तोडफोड तथा आगजनीमा परि सोही ट्रकका चालक रविलाल गुरुङको मृत्यु भएको हो ।
आन्दोलनरत समुहले राति करिव १ वजेको समयमा सो ट्रकमा गरेको आक्रमणबाट घाईते भएका चालक लम्जुङ निवासी रवीलाल गुरुङको उपचारको क्रममा मृत्यु भएको बताईएको छ । शनिवार राति प्रहरीको सुरक्षामा बर्दघाटबाट बुटवल आउने क्रममा नवलपरासीको बासाबसाहीमा ट्रकमा ढुङामुढा भएको र त्यसबाट गाडी अनियन्त्रीत भई दुर्घटनामा परेको बताईएको छ । त्यसक्रममा प्रदर्शनकारीले चालकलाई नै निसाना बनाएर ढुङ्गामुढा गर्दा उनलाई चोट लागेको र गाडी अनियन्त्रित भई दुर्घटना भएको थियो ।
घाइते चालकलाई प्रहरीले तत्काल पृथ्वीचन्द्र अस्पताल, परासीमा उपचारका लागि पु¥याएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक दुर्घटना भएपछि राति नै प्रदर्शनकारीले त्यसमा आगजनी समेत गरेका थिए जसबाट ट्रक पूर्ण रुपमा नष्ट भएको छ । त्यस क्रममा अन्य सवारी साधनहरुमा पनि तोडफोड भएको तर उनीहरु भाग्न सफल भएका थिए ।
प्रहरी प्रसासनको स्कर्टिङकै अवस्थामा आक्रमण हुनु र मानिसको समेत मृत्यु हुनुले राज्यको उपस्थिति कमजोर देखिएको महासुस गरिएको छ ।
यसैवीच पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलका अध्यक्ष लोकराज पोखरेल र महासचिव टिकाराम गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना माग पुरा गराउने वहानामा गरिएको आन्दोलनका क्रममा आक्रमण र त्यसबाट भएको जनधनको क्षतिले व्यवसायीहरुलाई गम्भिर बताएको भन्दै घटनाको भत्सर्ना गर्नु भएको छ ।
विज्ञप्तिमा तत्काल मृतक चालकको परिवारलाई तथा क्षतिग्रस्त सवारीको राज्यले क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । यस प्रकारको घटनाले यातायात क्षेत्रमा संलग्न व्यवसायी तथा आम मजदुरहरुलाई त्रास उत्पन्न गएको र राज्यले आन्दोलनमा चल्ने सवारी साधनको संरक्षण तथा आन्दोलनकारीहरुले आफ्नो आन्दोलन शान्तिपूर्ण गर्न पनि विज्ञप्ति मार्फत अपिल गर्नु भएको छ ।
यसै बिच बन्दकर्ताहरुको आक्रमणबाट चालकको मृत्यु भएको घटनाप्रति नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनका केन्द्रिय सदस्य एवं लुम्बिनी अञ्चल ईन्चार्ज राजेन्द्र रिजालले विज्ञप्ती जारी गर्दै ना ४ ख १६१८ नं. को ट्रकमा गरिएको तोडफोड तथा आगजनी तथा सो आक्रमणमा परी ट्रकका चालक रविलाल गुरुङको मृत्यु भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तीमा चालक समेतको मृत्यु हुनेगरी ट्रकमा गरिएको सांघातिक आक्रमणको निन्दा र भ्रत्र्सना गर्दै आक्रमणमा संग्लन दोषी उपर कडा कारवाहीको माग गरिएको छ । मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत विज्ञप्ती मार्फत माग गरिएको छ ।