बुटवल भदौ ७
आदिवासी जनजाती महासंघले आव्हान गरेको नेपाल बन्दको दोश्रँे दिन आजपनि यस क्षेत्रको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ ।
बन्दका कारण लामो तथा छोटदुरीका कुनै पनि सवारी साधन चल्न पाएका छैनन । सवारी साधन नचलेपछि सर्वसाधरण यात्रु महंगो रिक्सा भाडा तिरेर गन्तब्यमा जान बाध्य छन ।
हिंजो सांझ ५ बजेदेखि बन्द खुलेपछि सामान्य रुपमा संचालन भएका पसलहरु पनि आज विहानैदेखि बन्द रहेका छन् । बन्दका कारण बजार तथा सडक विहानैदेखि सुनसान बनेका छन् । सडकमा पैदल यात्री, रिक्सा र साईकलयात्री मात्र आवतजावत गरेका छन् ।
बन्दकर्ताहरुले प्रेस तथा माानव अधिकारकर्मी, दुध बोक्ने सवारी साधन, शव बाहन, एम्बुलेन्स र पर्यटकका सवारी साधनलाई संचालन गर्न दिएपनि अन्य सवारी साधन भने ठप्प रहेका छन् । मधेशी मोर्चा र थरुहटको बन्दको क्रममा संचालनमा आएको बुटवल क्ष्ँेत्रको यातायात हिंजोदेखिको बन्दको कारण ठप्प रहेको छ ।
बन्दकर्ताहरु विहानैदेखि राजमार्ग चौराहमा त्रिपाल टांगेर बसेका छन् । जसले गर्दा अन्य बन्दका क्रममा फाट्टफुट्ट रुपमा संचालनमा आउने मोटरसाईकल पनि चल्न सकेका छैनन् । बजारका मुख्य चोक बाहेक ग्रामिण क्षेत्रमा बन्दकर्ताहरु उपस्थिती शुन्य रहेपनि सर्वसाधारणले सवारी साधन संचालन गर्न सकेका छैनन् ।
बन्दको समयमा योगीकुटी बाट देखिएको बुटवलको सडक
मधेश केन्द्रित विभिन्न राजनीतिक दल र थरुहटको बन्दले विगत १२ दिनदेखि प्रभावित बनेको यस क्षेत्रको जनजीवन आदीवासी जनजातीहरुको बन्दले झनै अस्तव्यस्त बनेको छ ।
लामो समयदेखि व्यापार व्यवसाय संचालन हुन नसक्दा सर्वसाधारणको दैनिक जिवनयापन पनि कष्टकर बन्दै गएको छ ।
व्यापार व्यवसाय संचालन हुन नसक्दा सर्वसाधारणका घरमा उपभोग्य सामानको अभाव हुन थालेको छ भने व्यापारीहरुलाई पनि पसलमा रहेका सामानहरुको स्टक सकिएको छ ।
बन्दकर्ताहरुले दुध बोक्ने सवारी साधनलाई आवतजावतमा रोक नलगाएपनि खाद्यान्य, फलफुल तथा तरकारी बोक्ने सवारी साधनलाई भने आवतजावतमा रोक लगाएका छन् । जसको कारण बजारमा उपभोग्य सामानको अभाव हुन थालेको छ ।
प्रदेश सिमाङकनको विरोधमा मधेशी मोर्चा र थरुहट संर्घर्ष समितीले आव्हान गरेको तराई बन्दलाई समर्थन गर्दै आएको आदिवासी जनजाति महासंघले पहिचानको आधारमा प्रदेशहरु बनाउनु पर्ने, आदिवासी जनजाति आयोग गठन गर्नुपर्ने लगायतका मागहरु राख्दै आईतवार र सोमबार बन्दको आव्हान गरेको हो । यता केहि दिन देखि अशान्त बनेको रुपन्देहीको लुम्बिनी क्षेत्रको जनजिवन आईतवार भने सामान्य बन्दै गएको छ ।
मधेशी मोर्चाद्धारा सनिवार सांझ शसस्त्र प्रहरी वेस क्याम्पमा आक्रमण भएपछि तवावग्रस्त बनेको लुम्बिनी आसपासको क्षेत्र आईतवार सामान्य बन्यो ।
आजपनि भैरहवा, लुम्बिनी, मर्चवार लगायतको क्षेत्र सामान्य रहेको ।
बन्दकर्ताहरुले सडकमा सवारी साधन संचालन गर्न र व्यापार व्यवसाय संचालन गर्न रोक लगाएपनि अन्य अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ ।
लुम्बिनीमा रहेको शसस्त्र प्रहरी बेसमा आन्दोलनकारीले सनिवार सांझ आक्रमण गरेपछि त्यहांको सुरक्षा व्यवस्था कडा पारिएको छ । बुटवल भैरहवा लगायतका क्षेत्रबाट समेत सुरक्ष्ाँकर्मीहरु लुम्बिनी क्षेत्रमा परिचालन गरिएको छ ।