बिद्यार्थी नेता, महिला अगुवा तथा अपांगता भएकाहरुबाट मजदुरलाई प्रशिक्षण दिईदै
बुटवल जेठ ८
पश्चिम नेपाल बस ब्यवसायी संघले दुर्घटना न्युनिकरण र मजदुरहरुको आचरणमा परिवर्तन ल्याउन नया थालनी गरेको छ । यात्राका क्रममा सवारी साधनका मजदुर संग सवै भन्दा बढी असमजदारी र बिवाद हुने गरेको क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रबाट प्रशिक्षण दिदा यात्राका क्रममा हुने असमझदारी कम हुने बिश्वास संघको छ ।
संघले सुक्रवारबाट यात्राका क्रममा सवै भन्दा समस्यामा पर्ने गरेका अपांगता भएकाहरु संगको व्यवहारमा परिवर्तन ल्याउन अपांगता भएकाहरु बाटै प्रशिक्षण सञ्चालन गरेको हो ।
सो अवसरमा प्रशिक्षण दिदै अपांग पुर्नस्थापना केन्द्र रुपन्देहीका अध्यक्ष कल्पना ढकालले अपांगता भएका ब्यक्तिहरु यात्राका क्रममा अपमानित र अपहेलीत हुनु परेको स्मरण गराउदै अपांगता भएकाहरुलाई सम्मानका साथ यात्रा गर्ने वातावरण गराउनु चालक तथा परिचालकको दायित्व भएको उल्लेख गर्नु भयो ।
सो अवसरमा सहजीकरण गर्दै पश्चिम क्षेत्रिय टाफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक ज्ञानु पाण्डेले चालकहरुको नियम उल्लंघन गर्ने प्रवृतीका कारण सर्वसाधारणको ज्यान जाने गरेको उल्लेख गर्दै सडकको प्रयोग गर्दा ट्राफिक नियमको पुर्ण पालना गर्न आग्रह गर्नु भयो ।
अर्का सहजकर्ता सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले अर्काको कमजोरी र एउटा चालकको लार्पवाहीका कारण यातायात क्षेत्रनै धमीलो हुने गरेको उल्लेख गर्दै हरेक चालकले आफ्नो तर्फ बाट गल्ती नगर्ने प्रतिबद्धता सहित सवारी चलाउनु पर्ने बताउनु भयो ।
उहाले दुर्घटना न्युनिकरणमा चालकको पहिलो र महत्वपुर्ण भुमिका रहने तथ्य प्रस्तुत गर्दै चालक सावधान रहे मात्र दुर्घटना न्युनिकरण हुने बताउनु भयो ।
बढदो दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका हुने चालक तथा परिचालकहरुलाई दिइने तालिमले सर्व साधारण यात्रु दुर्घटनाको जोखिमवाट टाढा रहने अपेक्षा पश्चिम नेपाल बस ब्यवसायी संघको रहेको संघका सचिव एवं दुर्घटना न्युनिकरण तथा आन्तरीक सवारी व्यवस्थापन एवं अनुगमन समितीका संयोजक रामचन्द्र भुसालले बताउनु भयो ।
संघका अध्यक्ष दधिराम खरेलले समय समयमा आउने गरेका यात्रुहरुका गुनासालाई सम्वोधन गर्न र यात्राका क्रममा हुने असमझदारी र बिवादको अन्त्यका लागी समाजका अगुवा तथा बिषयगत बिज्ञहरुको सहभागीतमा प्रशिक्षण दिने योजनामा रहेको बताउनु भयो ।
खरेलले संघले आगामी दिनमा बिद्यार्थी नेताहरु, महिला संघ संगठनका अगुवाहरु र अन्य क्षेत्र संग सम्वन्धीत अगुवाहरुको सहजीकरणमा यातायात क्षेत्रमा उनिहरुले भोग्नु परेका समस्याहरु समाधानको उपाय खोजिने बताउनु भयो ।
संघका महासचिव जिवन कुमार बन्जाडेले सडकमा हुने सानो कमजोरीले सिंगो यातायात क्षेत्र समस्यामा पर्ने गरेको उल्लेख गर्दै संघले बिगत देखि नै सडकमा हुने लापर्वाही र कमी कमजोरी हटाउन सक्रियताका साथ लागी परेको बताउनु भयो ।
संघद्धारा ०६६ साल बाट सुरु गरीएको प्रशिक्षणमा हालसम्म संघ मातहत कार्यरत १० हजार भन्दा बढीले प्रशिक्षण लिएका छन भने सुक्रवार मात्र ३ सय ८ जना चालक,सहचालक तथा परिचालकहरुको सहभागीता रहेको थियो ।