बुटवल जेठ २२
बिश्व बातावरण दिवसको अवसरमा आईतवार बिहान ७ बजे बुटवलमा साईकल ¥याली हुने भएको छ । बिश्व बातावरण दिवसको अवसर पारेर हुन लागेको साईकल ¥याली बुटवलको ट्राफिक चोकबाट सूरु भई योगीकुटीमा समापन हुने छ ।
मानव स्वास्थ्यका लागी निकै लाभदायक र बातावरण मैत्री साधन भएकोले साईकलको प्रयोगलाई प्रोत्साहन गर्न साईकल ¥याली आयोजना गरिएको आयोजक संस्था सुरक्षित यात्रा अभियान नेपालले जनाएको छ ।
बढदो दुर्घटना न्युनिकरण र ध्वनी तथा धुवा प्रदुषणले मानव जिवनलाई अक्रान्त पारेकोले बातावरण मैत्री साईकलको प्रयोगमा युवापुस्तालाई प्रोत्साहित गर्न साईकल ¥याली आयोजना गरिएको सुरक्षित यात्रा अभियान नेपालका अध्यक्ष नारायण प्रसाद अधिकारीले बताउनु भयो ।
“ठुला सवारी साधनको अनाबश्यक प्रयोगले सहर कुरुप र अव्यवस्थीत भएको मात्र छैन मानव स्वास्थ्य र वातावरणमा प्रतिकुल असर पारेको छ त्यसकारण पनि सहरभित्र साईकलको प्रयोगलाई प्रोत्साहन गर्नु पर्छ ”अभियानका अध्यक्ष अधिकारीले भन्नु भयो ।
नेपाल अहिले पुर्वाधार बिकासको क्रममा रहेको भएपनि तराई क्षेत्रमा निर्माणहुने सडकमा समेत साईकल र पैदल यात्रीको बारे नसोचिएकोले साईकल यात्रीको सडक प्रयोगको अधिकारलाई सुरक्षित गर्न यस्ता अभियानले सहयोग गर्ने बिश्वास लिईएको सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले बताउनु भयो ।
नेपाल अटोमोवाईल्स एशोसिएसन नासाको समन्वयमा हुने साईकल ¥यालीमा रुपन्देही साईकल संघ, रुपन्देही साईकल व्यवसायी समिती लगायतका संस्थाहरुको सहआयोजना र सहकार्य रहने सुरक्षित यात्रा अभियानले जनाएको छ ।