काठमाण्डौ भदौ २३
संसदको बिकास समितीका सभापती रबिन्द्र अधिकारीले यातायात क्षेत्र मुलुकको आधुनिकीकरणको आधार स्तम्भ भएको ले त्यसको बैज्ञानीक ब्यवस्थापन आबश्यक रहेको बताउनु भएको छ ।
अधिकारीले यातायात क्षेत्रको बैज्ञानीक ब्यवस्थापन नहुदा सम्म यात्रु यातायात ब्यवसायी सवारी साधनका बिक्रेता र सरकारले समेत दुःख पाईरहने बताउदै राजस्वलाई ध्यानमा राखेर गाडी आयात गरी रहने मानसिकता अन्त्य गर्नु पर्ने उल्लेख गर्नु भयो ।
नासा फाउण्डेसनमा आयोजीत सडक सुरक्षामा संम्लग्न संघ संस्था र संसदका बिकास समिती अन्तरगत सडक सुरक्षा उपसमीतीको बैठकमा बोल्दै सभापती अधिकारीले सडक र सवारी साधनको गुणस्तर र मापदण्ड तोकिनु आबश्यक रहेको बताउदै यात्रु चापका आधारमा मात्र सवारी साधन आयात गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।
लगानि र प्रतिफल सुरक्षित गर्ने गराउने काम राज्यको भएको उल्लेख गर्देै यातायात क्षेत्रमा देखिएको दादागिरीकै कारण ब्यवसाय संकटमा परेकोले त्यसको अन्त्य हुनु पर्ने अधिकारीको धारण थियो ।
संसदको बिकास समिती अन्तरगत सडक सुरक्षा उपसमिती सदस्य गणेश पहाडीले बर्तमान सवारी तथा यातायात व्यवस्था एैन संसोधनको तयारी भई रहेकोले सरोकारवालाहरुले अवश्यक सुझाव दिने समय आएको बताउनु भयो ।
सांसद पहाडीले गतबर्षको महाभुकम्पमा भएको मानबिय क्षती र सडक दुर्घटनाका कारण ४ बर्षमा हुने क्षती एउटै हुने गरेको बिश्लेषण गर्दै प्रत्येक ४ बर्षमा नेपालमा महाभुकम्प गरेको भएपनि सरोकारवालाको ध्यान जान नसकेकोमा दुख ब्यक्त गर्नु भयो ।
अर्का सदस्य डाक्टर शिवजी यादवले दुर्घटनाबाट हुने क्षतीको कारण र त्यसको समाधानको खोजी भै रहेको बताउदै सडक दुर्घटना न्युनिकरणमा सक्रिय संस्थाहरुबाट त्यस्ता सुझाव सहित सहकार्यको अपेक्षा गरीएको उल्लेख गर्नु भयो ।
नेशनल रोडसेफ्टी एलायन्सका संयोजक योगेश भटराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाले दुर्घटना न्यनिकरणमा आउने बजेट स्वास्थ्य मन्त्रालयमा थन्कीने र यातायात मन्त्रालय बजेट अभावमा छटपटीने गरेको बताउनु भयो ।
उहाले सडक दुर्घटनामा ७ प्रतिसतमात्र चालक र सहचालकको मृत्यु भएको तथ्यांकले देखाएको बताउदै चालकहरुबाट हुने लापर्वाहीलाई रोक्न कडा कानुन आबश्यक रहेको धारण ब्यक्त गर्नु भयो ।
कार्यक्रममा नासाका महासचिव गोबिन्द भटराई, सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डे,नाडाका महासचिव कृष्णलाल दुलाल, नेपाल रेडक्रस सोसाईटीका कोषाध्यक्ष देवेन्द्र प्रधान,लगायतले बोल्दै सरोकारवालाहरु जिम्मेवार नहुदा सम्म सडकमा ज्यान जानेक्रम नरोकिने बताउनु भयो ।