कपिलबस्तु चैत्र २९
राज्यको विभेदकारी नितीका कारण्ँ यातायात व्यवसाय धरासायी बन्दै गएको यातायात व्यवसायीहरुले गुनासो गरेका छन् ।
अर्बौको लगानी रहेको र राज्यलाई करोडौ रुपैया राजश्व बुझाउने यातायात व्यवसायलाई सरकारले उद्योगको रुपमा मान्यता नदिदा व्यवसायीहरु धरासायी बन्दै गएको उनिहरुले गुनासो गरे ।
बाण्ँगंगा यातायात व्यवसायी समिति कपिलवस्तुको ११ औं वार्षिक साधारण्ँ सभामा बोल्ने यातायात व्यवसायीहरुले राज्यको ठोस नितीको अभावका कारण्ँ समस्या भोग्दै आउनु परेको बताए ।
दुर्घटना वीमा, ढुवानीको अस्वस्थ प्रतिस्पर्धा, ईन्धन अभाव लगायतका समस्याका कारण्ँ यातायात व्यवसायीहरुले करोडौको लगानी गुमााउनु पर्ने अवस्था आएको बताए ।
साधारणको सभाको उद्घाटन गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले यातायात व्यवसायमा राज्यले कुनै लगानी नगरेको र निजी लगानीको संरक्ष्ँणमा राज्यले उदासीनता देखाएको बताउनुभयो ।
निजी क्षेत्रको अर्बौको लगानी रहेको यातायात क्ष्ँेत्रको विकासको लागी छुट्टै यातायात मन्त्रालयको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
यातायात क्ष्ँेत्रको प्रमुख समस्याको रुपमा रहेको दुर्घटना र वीमाका सम्बन्धमा सरकारलाई पटक पटक अनुरोध गर्दा पनि कुनै चासो नदेखाएको बताउनुभयो । वि.सं २०४९ सालमा बनेको यातायात सम्बन्धी ऐन परिमार्जन गरी व्यवसायीहरुको लगानीको सुरक्ष्ाँ गर्न उहांले सरकारसंग माग गर्नुभयो ।
कपिलवस्तु क्ष्ँेत्र नम्बर १ का सांसद बलराम अधिकारीले यातायात निती परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याउदै आफुहरुले यातायात व्यवसायीहरुका समस्यालाई सम्बोधन गर्ने गरी निती निर्माण्ँको लागी पहल गर्ने बताउनुभयो ।
समितीका अध्यक्ष विष्ण्ँु प्रसाद न्यौपानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सांसद विश्राम प्रसाद चौधरी, नेपाल ट्रक यातायात व्यवसायी महासंघका सचिव राजेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्ष हिरालाल श्रेष्ठ, पश्चिमाञ्चल यातायात व्यवसायी समितीका अध्यक्ष लोकराज पोख्रेल, नारायण्ँी यातायात व्यवसायी संघका अध्यक्ष बद्री प्रसादचौलागाई, नेपााली कांग्रेसका हरी पोख्रेल, एमालेका बाबुराम आचार्य, नेकपा मालेका शंकर आचार्य लगायतले यातायात क्षेत्रलाई सुरक्ष्ँित गर्न सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिएका थिए ।
समितीका उपाध्यक्ष विष्ण्ँु पौडेलको स्वागत तथा महासचिव लक्ष्मण्ँ भुसालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।