मंगलापुर, जेठ १० ।
नेकपा एमालेको जनसंगठन नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी राष्ट्रिय मञ्च रुपन्देही अन्तर्गत लुम्बिनी ट्याक्टर समितिको प्रथम इकाई अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले खेम गौतम अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा रेवती ज्ञवाली, सचिव अर्जुन उपाध्याय, सहसचिव कृष्ण तिवारी, कोषाध्यक्ष खिलबहादुर पौडेल, सदस्यहरुमा टेकाप्रसाद पौडेल, बालकृष्ण बस्याल, राजन ज्ञवाली, यमलाल पाण्डे, पोषकान्त पाण्डे र रामप्रसाद बस्याल रहनुभएको छ ।
सोमबार रुपन्देहीको शंकरपुरमा खेम गौतमको अध्यक्षतामा तथा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा मञ्चका रुपन्देही जिल्ला अध्यक्ष केशवराज पन्थीले लोकतान्त्रिक यातायात ब्यवसायी राष्ट्रिय मञ्चको वारेमा र यसले गर्ने गतिविधिका बारेमा बताउनुभएको थियो ।