बुटवल, कार्तिक २९
रुपन्देहीका पेट्रोलियम व्यवसायीहरुले डिजेल वितरण नगर्ने जनाएपछि रुपन्देहीमा आयल निगम आफैले डिजेल वितरण शुरु गरेको छ ।
नेपाल आयल निगमले आफ्नो माग अनुरुपको डिजेल उपलब्ध गराउन नसकेको भन्दै पेट्रोलियम व्यवसायीहरुले आयल निगमले उपलब्ध गराउने डिजेल आईतवार नउठाएपछि निगम आफैको पम्पबाट डिजेल वितरण शुरु गरेको हो ।
आयल निगमको क्ष्ँेत्रिय डिपो भलवारीले दैनिक उपलब्ध गराउदै आएको १२ वटा पम्पबाट आईतवार आठवटामा झारिएको भन्दै व्यवसायीहरुले डिजेल नउठाएको बताएका छन् । ईन्धन अभाव संगै ईन्धनमा मनपरी गरीरहे्का तेल व्यापारीहरु छटपटिएका व्यवसायीहरु अन्तत आन्दोलनमा उत्रिएका छन । उनीहरुको यो गतिबिधीले सर्वसाधारण उपभोक्तालाई आक्रोसीत र उत्तेजित वनाउने खतरा बढेको छ ।
ईन्धनको अभाव संगै व्यवसायीहरुले बिभिन्न वाहना झिकेर ईन्धन बितरणमा गरीरहेको मनपरी कायम राख्ने प्रयत्न गरीरहेको भएपनि स्थानिय प्रशासनले आयल निगमको क्षेत्रीय डिपो भलवारीमा रहेको मौज्दात र बिगतको खपत र वर्तमानमा सवारी सञ्चालनको आधारमा बितरणको व्यवस्था मिलाएको थियो ।
आयल निगमका क्ष्ँेत्रिय प्रमुख दिनेश यादवले ईन्धन अभाव भएको र तराई आन्दोलनका कारण सवारी साधन संचालन हुन नसकेका ग्रँमिण क्षेत्रमा दैनिक १ ट्याङकर डिजेल वितरण गरिदै आएकोमा व्यवसायीहरुले दैनिक ५ ट्याङकर डिजेल उपलब्ध गराउन माग गरेको बताए ।
ईन्धन अभाव देशभरकै समस्या भएको र बेलहिया नाका हुंदै भित्रिने ईन्धन काठमाण्डौ लगायत देशका अन्य क्ष्ँेत्रमा समेत पठाउनुपर्ने भएकोले व्यवसायीहरुको माग अनुरुप ईन्धन वितरण गर्न नसकिने बताए । व्यवसायीहरु यहा भए जती आफै मागेको बताउदै उनीहरुको भनाई अनुसार दिन सकिने अवस्था नरेहको उनको भनाई छ ।
यादवले आईतवार देखि नै भैरहवा बुद्धचोकमा रहेको निगमको आफ्नै पम्पबाट अत्यावश्यक सवारी साधनलाई डिजेल वितरण शुरु गरिएको जानकारी दिए । व्यवसायीहरुले ईन्धन नउठाएपनि बुटवल क्षेत्रको लागि समेत निगमको मोबाईल भ्यान तथा अन्य कुनै वैकल्पिक व्यवस्थाबाट भएपनि निगम आफैले डिजेल वितरण गर्ने तयारी गरेको जानकारी दिए ।
“रुपन्देहीबाट संचालित यातायात व्यवसायीहरुसंग छलफल गरी भैरहवा क्ष्ँेत्रमा आयल निगमको पम्प र बुटवल क्षेत्रमा मोबाईल भ्यान वा अन्य कुनै पम्प भाडामा लिएर भएपनि निगम आफैले डिजेल वितरण गर्ने तयारी गरेको छ ।” उनले भने ।