दिनेश पाण्डे,
प्रतिघण्टा ९ सय किलोमिटरको दूरी पार गर्ने जेटबिमानका हामी यात्री करिव ४ हजार किलोमिटरको यात्रा गर्दै थियौ । बिमानका कर्मचारीले दिएको जानकारी अनुसार हामी उक्त दुरी पार गर्न करिव ५ घण्टा लाग्थ्यो तर हामी करिव १४ घण्टापछि मात्र गन्तब्यमा पुग्यौ । मुम्वईमा भएको लामो ट्रान्जीटले हाम्रो यात्रालाई असहज र लामो बनाएको थियो । अझ उडान समय भन्दा कम्तिमा २ घण्टा पहिल्यै बोर्डिङ्क पास लिई सक्नुपर्ने नियमले हाम्रो यात्रा अवधी २ घण्टा थपिएको थियो ।
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट प्रवेश गर्दा देखिनै देखिएका दृष्यले मन खिन्न बनाएको थियो । रोजगारीका लागी बिदेशीन बाध्य युवायुवती संगै लाईनमा लागेर बिदेश यात्राका लागी बिमानस्थल प्रवेश गरेको मलाई अध्यागमनको व्यवस्थापनको अवस्था देख्दा साह्रै दया लागेको थियो ।
अटोमोवाईल्स एशोसिएसन सिलोनको निमन्त्रणामा श्रीलंकाको राजधानी कोलम्वो हिडेका हामी ४ यात्रीको उदेश्य एउटै थियो सडक सुरक्षा । नेपालको सडक कसरी सुरक्षित हुन सक्छ भन्ने अध्ययन गरी रहेका हामी नेपाल अटोमोवाईल्स एसोसिएसनको व्यवस्थापनमा त्यता जादै थियौ । जहावाट हामीले केही सिक्न सकौं । लामो युद्धवाट मुक्ति प्राप्त गरेको मुलुक छोटो समयमा उसले पुर्वाधार निर्माणमा गरेको प्रगतीबाट हामीले सिक्नु पर्ने धेरै रहेछ ।
कतिपय मानिसहरु श्रीलंका जाने भन्दा नाक खुम्च्याउथे बिदेश जानै पर्ने भए अरु देश जानु नी श्रीलंका पनि के हो र खै यस्ता कुराहरु समेत आए । तर म यसअघि ईन्डोनेसिया भिसा लागेर पनी मेरो आफ्नै कारणले सहभागी हुन नपाउदा सडक सुरक्षाबारे सिक्ने महत्वपुर्ण अवसरबाट बञ्चित भएको थिए । सडकमा दिनहुं मानिसको ज्यान गईरहदा चिन्तीत मलाई नेपालमा अन्य देशहरुले अपनाएको सडक सुरक्षाका बिधीहरु हामीले पनि अपनाउन सकियोस भन्ने भित्रै देखि चाहाना थियो । हामी समय समयमा यस बारे बहस गर्छाैं यसको नियन्त्रण कसरी हुन सक्छ ? बिकल्प खोज्छौं । तर जिम्मेवार तहमा बस्नेहरुलाई यसबारे सोच्ने फुर्सद नै देखिदैन ।
नासाका गोबिन्द जी यसमा दिलो ज्यान दिएर लाग्नु भएको छ । एउटा छलफलमा सडक दुर्घटनाको प्रमुख कारण सवारी चालक हो भनेर सवैले सजिलो जवाफ दिने गरीएको छ तर ती चालक तयार गर्ने प्रशिक्षण केन्द्रहरुको अनुगमन ब्यवस्थापन र उनिहरुको क्षमता बृद्धीका लागी केही हुन सकेको छैन । जहाबाट चालक तयार हुन्छ त्यहि पाठशाला दलालको झोलामा छ । राज्यले त्यसकाबारे सोच्न पनि सकेको छैन तिनीहरुको क्षमताबृद्धीका लागी केही गरौ भन्ने निष्कर्ष निकालियो ।
डाईभिङ्क स्कुलहरुको छाता संस्था छ जुन नाम मात्रको छ मलाई त्यस संस्थाको संरचना र अवस्था थाह थियो तै पनि केही प्रयत्न गरौ नेपालमा १ सय जना जती चालकहरु दक्ष प्रशिक्षकका रुपमा तयार गरौ र उनीहरुका लागी सहयोग पुगोस भन्ने निष्कर्ष सहित उनीहरुलाई एक दुई पल्ट बैठकमा डाकीयो तर उनीहरुले त्यो बिषयमा खासै चासो दिएनन् । सायद संस्थालाई संस्थागत बनाउन नसकेका कारण हुन सक्छ ।
कस्तो चालक तयार गर्ने ? कसरी चालक तयार गर्ने ? त्यहांका प्रशिक्षण केन्द्रहरुले कसरी प्रशिक्षण दिदो रहेछ यी सवै कुरा अध्ययन गरोै भनेर अटोमोवाईल्स एसोशिएसन सिलोनलाई आग्रह गरियो । नासाको आग्रहलाई एए सिलोनले सहर्ष स्विकार गर्यो जसको सहयोगमा म आफै सहित दयाराम न्यौपाने, दिलिप सिग्देल र डाक्टर टोकराज पाण्डेको टिम गत महिनाको अन्तीम साता त्यता हिड्यो ।
कोलम्वो बिमानस्थल पुग्दा आयोजक संस्थाको तर्फबाट जयरत्ने हामीलाई स्वागत गर्न आए । बिहानको खुल्ला सडकमा करिव ४५ मिनेटको यात्रापछि हामी समुद्री तटमा रहेको रनभेली विच रिसोर्टमा पुग्यौं जहां हामीलाई वस्ने ब्यवस्था मिलाईएको थियो ।
मुम्वई ट्रान्जिटको रातभरको अनिदो रहेका हामीलाई पहिलो पटक देखिएको समुन्द्रको छालले बिसाउन दिएन । लामो यात्रापछि ताकेका पाहुना केही क्षण भएपनि आराम गरुन् भन्ने आयोजकको मनसाय थियो होला सायद । तर समुद्री छालसंग पैठेजोरी नखेली हाम्रो मनले मानेन । हाम्रो उद्देश्य समुद्री छालसंग रमाउनु कदापी थिएन । हामी काम गर्दा गर्दा थाकेर बिदा मनाउन गएका पर्यटक पनि थिएनौ । तर बचेको समय भरपुर प्रयोग ग¥यौ समुन्द्री किनारमा ।
दिउसो खानापछि आयोजकको तालिका अनुसार हाम्रो यात्रा सुरु भयो राजधानी कोलम्वोमा एए सिलोनका पदाधीकारीले भव्य सम्मान र स्वागत गरे अध्यक्ष धममिका अत्याग्ले, सचिव देवाप्रिया हेत्यर्छी र रुवानी वुकारमारत्न लगायतको उपस्थीतीमा बरिष्ठ अटो ब्यवसायीहरुले हामीलाई त्यहांको सवारी साधन सडक र सडक दुर्घटनाको अवस्थाबारे जानकारी गराए ।
अटोमोवाईल्स एशोसिएसन सिलोनका पदाधिकारीहरु संग स्वागत पछि
दैनिक ८ जनाको सडक दुर्घटनाबाट ज्यान जादो रहे्छ हाम्रो भन्दा करिव साढे दुई गुना बढी जनसंख्या र त्यसकै अनुपातमा सडक र सवारी साधन रहेको श्रीलंकाको सडक दुर्घटनाको प्रमुख समस्या २ चक्के र ३ चक्के सवारी साधन रहेछ । सवारी दुर्घटनाको करिव ८० प्रतिसत घटना तिनै सवारीबाट भएको तथ्यांक जानकारी गराईयो ।
कोलम्वोको करिव ८ घण्टा बसाईपछि हामी मुख्य गन्तब्य मिगाह जन्दुरा तर्फ लाग्यौं । पुर्व राष्ट्रपति महेन्द्रा राजापाक्षेको गृह क्षेत्र लाग्दा सडक यात्राको फरक मजा लिने अवसर मिल्यो । करिव ४ सय किलोमिटरको वान वे सडकमा यात्रा गर्न पाउनु अलग्गै मज्जा आउदो रहेछ । त्यसैमाथी सवारी चालक सम्पदाले हरेक क्षण रमाईलो गरे । कहिले हिन्दी गीत गाउथे कहिले महिलाको आवाज निकालेर साथीहरुलाई जिस्काउथे ।
राजापाक्षेको पछिल्लो कार्यकाल अर्थात् ५ बर्षको अवधीमा त्यहाको पुर्वाधार बिकासले गती लिएको रहेछ । ३० बर्ष सम्म युद्धमा फसेको मुलुकले कसरी यती छिटो बिकास सम्भव भयो । आश्चर्यको बिषय थियो । लाग्यो मुलुकको पुर्वाधार बिकास नागरीकको ईच्छा शक्तिमा समेत भरपर्दो रहेछ ।
राजमार्ग किनारमा ब्यवस्थापन गरएको खाजा घर
हाम्रो करिव ६ घण्टाको यात्रामा यहा जस्तो कुनै चिया पसल समेत सडक किनारमा थिएनन् । जथाभावी सवारी साधन जान नमिल्ने अवस्था थियो । जती सडक थियो बस्ती देखि टाढा थियो । सडक किनारमा रहेको रेलिङ्कले सवारी साधन अनावश्यक ढंगले रोक्न नपाओस भन्ने ब्यवस्था मिलाईएको थियो । रोक्नै पर्ने भए निश्चित स्थान तोकेर सडक छेउ लाग्न मिल्ने बनाइएको थियो । मोटरसाइकल लगायत तीन पांग्रे सवारी साधनका लागी भने सडकको किनारबाट हिड्नुपर्ने ब्यवस्था मिलाईएको रहेछ ।
त्यती लामो सडक यात्रामा हामीले एक ठाउ मात्र खाजा खाने ठाउ भेट्यौ । त्यो पनि अत्याधुनीक डिपार्टमेण्टल स्टोरको रुपमा रहेको उक्त स्थानमा जहा फलफुल तरकारी लगायतका दैनिक उपभोग्य सामग्रीदेखि सवारी साधनका लागी ईन्धन समेत ब्यवस्था मिलाइएको थियो । त्यहाको सडक बिभागले नै निर्माण गरेर उक्त भवन ब्यवसायीहरुलाई लिजमा दिएको रहेछ ।
कोलम्वोबाट यात्रा प्रारम्भ गरेको करिव ६ घण्टामा हामी गन्तब्यमा पुग्यौ । बस्तीबाट निकै टाढा रहेको उक्त स्थानमा सरकारी सहयोगमा ब्यवसायीहरुले डिमो ना सेभना नामक ड्राईभिङ्क प्रशिक्षण सञ्चालन गरेका रहेछन् । सन् २०१२ को बिश्वकप क्रिकेट सञ्चालन भएको सुर्यावेवा स्थीत क्रिकेट स्टेडियमको परिसरसंग जोडिएको उक्त प्रशिक्षण केन्द्र करिव ३ अर्व लगानीमा सञ्चालनमा रहेको जानकारी प्राचार्य ईन्जिनीयर अनुरा मालागालाले दिनुभयो ।
ड्राईभिंङ्क प्रशिक्षण केन्द्र ,
आवासीय सुबिधा ३ वटा स्क्याभेटर र डोजर, केही टिप्पर केही बस र साना सवारी साधन समेत राखेर ब्यवस्थीत गरीएको उक्त प्रशिक्षण केन्द्रका प्रशिक्षार्थीहरुले ४ किलोमिटर कालोपत्रे सडकमा सवारी हाक्न अन्यत्र जानु नपर्ने अवस्था रहेछ । लाग्यो तब मात्र चालक दक्ष हुन्छ । हामीकहा ४÷५ लाखमा पुराना सवारी साधन खरिदेपछि प्रशिक्षण केन्द्र सञ्चालन हुन्छ । त्यो मात्र होईन ६० प्रतिसत प्रशिक्षण केन्द्र दलालको रुपमा झोलामा राखेर यातायात ब्यवस्था कार्यालय वरीपरी घुमी रहन्छन् । न राज्यको अनुगमन छ न ब्यवसायीले आफुलाई सच्याउने तर्फ सोचेका छन् । अझ हामीकहा कस्तो समस्या छ भने प्रशिक्षणका लागी प्रशिक्षण केन्द्रमा भर्ना हुने कसैले पनि प्रशिक्षण अवधी कती हो भनेर प्रश्न गर्दैन । कति दिनमा लाईसेन्स पाईन्छ भन्ने प्रश्न गर्छ सवैको ध्यान केवल लाईसेन्समा मात्र केन्द्रित हुन्छ ।
ईन्जिनीयर अनुरामालागाला संग छलफल , प्रमाण पत्र ग्रहण गर्दे
४ दिनको बसाईमा हामीले त्यहाको मिठो आत्मियता पायौं । करिव ६० जना प्रशिक्षार्थी बस्न मिल्ने गरी बनाईएको होस्टलमा बिषयगत प्रयाप्त सुबिधा थियो । प्रशिक्षक र प्रशिक्षार्थी संगै रहदा हुने समन्वय र मिलापको अनुपम नमुना रहेछ । त्यहा प्राचार्य अनुरा मालागालाको मिठास शैलिले हामीलाई त्यो बसाई अत्यन्तै छोटो बनाई दियो ।
बुद्ध धर्मका अनुयायीहरुको बाहुल्यता रहेको श्रीलंकामा गौतम बुद्धलाई बिष्णुको अवतारको रुपमा मान्दा रहेछन् । त्यहाका प्राय बुद्ध मन्दिरहरुमा बिष्णुको तस्वीर भेटिन्थे । त्यसैगरी हिन्दु मन्दिरहरुमा गौतम बुद्धका मुर्ति राखिएको थियो । श्रीलंका बसाईको त्यो अवधीमा हामीले सडक सुरक्षा मात्र होईन त्यहाका बासिन्दाको रहन सहन बसाई र आन्तरीक जिवनबारे समेत जान्ने मौका पायौं ।
कात्रागामा स्थीत बिष्णु मन्दिर
श्रीलंकामा हिन्दुहरुको लागी पुजाआजा गर्न प्रसस्तेै मन्दिर रहेछन् । प्रशिक्षक ईन्जिनीयर अनुरा मालागालाको सहयोगमा हामी ५० किलोमिटर टाढाको कात्रागामामा रहेको बिष्णु मन्दिर पुग्यौें । भगवान बिष्णुको मन्दिर रहेको उक्त स्थान त्यस क्षेत्रको सवैभन्दा ठुलो मन्दिर रहेछ । साथमा गौतम बुद्धको मन्दिरलाई अंगालो मारे जस्तै गरी बनाइएको त्यहांको मन्दिर परिसर अत्यन्त सुन्दर र रमणीय थियो । घना जंगलको बिचमा रहेको यो मन्दिरमा पुजा गर्न दैनिक हज्जारौ व्यक्ति आउदा रहेछन् । एक पल्ट आएर भाकल गरेपछि उक्त भाकल पुरा हुन्छ भन्ने बिश्वास र मागेको पुरा भए पश्चात नाच्दै आउने चलन रहेछ त्यहा ।
सामान्यतया नेपालको भन्दा कोलम्वोको बजार महंगो तर अधिकांश तयारी पोशाकको बजार चिनले ओगटेको रहेछ । भारतीय मुलका व्यापारी चिनीया उत्पादनको व्यापार अनौठो थिएन हाम्रो लागी । रमजानको समय भएकोले कतिपय हिन्दु व्यापारीले पसलमा भगवानको मुर्ति राखेर पुजा नै गरेको भएपनि कपडा खरिदमा रमजानको अबधीभर बिशेष छुट दिएर धार्मीक सद्भाव प्रस्तुत गरेका थिए ।
श्रीलंका यात्रा छोटै भएपनि सडकको प्रयोग, सवारी प्रशिक्षण, धार्मिक सद्भावसंगै त्यहांको पूर्वाधार विकास जस्ता महत्वपुर्ण बिषय जान्ने अवसर प्राप्त भयो । त्यसको चांजोपाजो मिलाउने गोबिन्द भट्टराई सिताराम न्यौपाने लगायत नासाको सम्पुर्ण टिम र हामीलाई हार्दिकता साथ स्वागत गर्ने एवं श्रीलंकाको सम्पुर्ण ब्यवस्थापन गर्ने अटोमोवाईल्स एशोसिएसन सिलोन प्रति आभार ।