बुटवल मंसिर ४
सडक दुर्घटनामा निधन भएकाहरुको स्मृतीमा बिश्वभर दीप प्रज्वलन गरी स्मरण गरीएको छ ।
हरेकबर्ष नोभेम्वर १९ तारीखका दिन संयुक्त राष्ट्रसंघको आव्हनमा सडक दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्वलन लगायतका बिभिन्न कार्यक्रम गरी मनाउने गरीन्छ ।
नेपालमा सरकारी स्तरबाट कुनैपनि कार्यक्रम नगरीएपनि गैर सरकारी क्षेत्रबाट स्मृती दिवस मनाउने गरीएको छ ।
बुटवलमा आयोजित स्मृती दिवस कार्यक्रममा दुर्घटना न्युनीकरणका लागि हरेक नागरिकलाई सचेत गराई यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने सरोकारवाला निकायका प्रतिनिधिहरुले बताएका छन् । राज्यका सबै निकाय जिम्मेवार बनेर सडकलाई सुरक्षित बनाउनु पर्ने उनीहरुको भनाई छ ।
सुरक्षित यात्रा अभियान नेपालको आयोजना तथा नेपाल अटोमोबाईल्स स्पोर्टस् एशोसिएसन नासाको संयोजनमा बुटवलमा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्ने वक्ताहरुले दुर्घटना न्युनीकरण अभियानमा सबैको सहभागिता आवश्यक हुनुपर्ने बताए ।
सडक सम्बन्धी बनाईएका ऐन,नियमहरु व्यवहारमा कार्यान्वयन नहुंदा समस्या रहेको उनीहरुको भनाई छ । सडकमा हिड्ने पैदल यात्रीको अधिकारलाई सुरक्षित गर्नका लागि ऐन,नियम र ट्राफिक नियम पालना गर्नुपर्ने बताए । मानिसको बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि सडक यात्रामा सचेत हुनुपर्नेमा सहभागिहरुको जोड थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महासमिती सदस्य युवराज गिरीले सडक दुर्घटनालाई न्युनीकरण गर्दै शुन्यमा झार्न सबैको पहल आवश्यक हुने बताए । उनले पछिल्लो समय मानिसको सोंच र व्यवहारमा परिवर्तन आएको बताउंदै स्तरीय संस्कृतिको विकास गर्न जरुरी रहेको बताए ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्ष्ँक कृष्णहरी शर्माले ट्राफिक प्रहरी एक्लैले दुर्घटना न्युनिकरण गर्न नसक्ने भएकाले सबै निकायलाई जिम्मेवारी बनाउनुपर्ने बताए ।
पश्चिम नेपाल बस व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले यातायात क्षेत्रको समस्यालाई बुझाउन नसकिएको बताए । दुर्घटना न्युनीकरणका उपायहरु खोजी गर्नुपर्ने बताउंदै एकअर्काबीच दोषारोपण गरेर कोही उम्कन नहुने उनको भनाई थियो ।
नेपाल अटोमोवाईल मेकानिक्स टे«ड युनियनका उपाध्यक्ष जिवन अधिकारी पैदल यात्रीको अधिकारलाई कसैले पनि हनन् गर्न नमिल्ने बताए ।
सुरक्षित यात्रा अभियान नेपालका अध्यक्ष नारायण अधिकारीको अध्यक्षता, सचिव दिनेश पाण्डेको सञ्चालन तथा उपाध्यक्ष्ँ कृष्णदेव भण्डारीको स्वागतमा सम्पन्न कार्यक्रममा सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतीमा बुटवल पुष्पलाल पार्कमा निर्मित स्मृति स्मारकमा मैनवत्ति प्रज्ज्वलन गरिएको थियो ।