बुटवल भदौ २
ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष्ँ अर्जुन रानाभाटले सवारी संचालनमा सरकारले सुरक्ष्ाँ दिन नसके सबै सवारीसाधन सरकारलाई बुझाउने चेतावनी दिनुभएको छ ।
विभिन्न संघसंगठनको आन्दोलनको क्रममा ट्रकमाथी आगजनी, तोडफोड र चालक मारिएको घटनाप्रति आक्रोशित हुंदै अध्यक्ष्ँ रानाभाटले बन्दको क्रममा संचालन भएका सवारी साधनको सुरक्ष्ाँको ज्ञारेण्टी सरकारले लिनुपर्ने अन्यथा आफुहरु व्यवसाय बन्द गरेर बस्न बाध्य हुने बताउनुभयो ।
बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष्ँ रानाभाटले नवलपरासीको बासामा ट्रक चालकमाथी भएको आक्रमण तथा मृत्युको घटनालाई सरकारले दुर्घटना नभई घटनाको रुपमा लिन आग्रह गर्नुभयो ।
सनिवार राती प्रहरीको स्कटिङमा संचालन गरिएको ना. ४ ख १६१८ नं. को ट्रकमा आन्दोलनकारीबाट भएको तोडफोड तथा आक्रमणमा परि ट्रक चालक रविलाल गुरुङको ज्यान गएको थियो । अध्यक्ष्ँ रानाभाटले उक्त घटना दुर्घटना नभई आन्दोलनकारीले घटाएको घटना भएकोले सोहि अनुरुप राज्यले क्ष्ँतीपूर्ति उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
राज्यले सुरक्ष्ाँको ज्ञारेण्टी गरे आफुहरु ट्रकहरु संचालन गर्न तयार भएको उल्लेख गर्दै अध्यक्ष्ँ रानाभाटले सुरक्ष्ाँ दिन नसके सबै सवारी साधनको चावी सरकारलाई बुझाउने बताउनुभयो । देशभर ५० हजार ट्रक संचालनमा रहेको र बन्द तथा आन्दोलनका कारण ट्रक व्यवसायी संगै १ लाख मजदुर तथा त्यसमा आश्रित लाखौं व्यक्तिहरुको दैनिकी ठप्प भएको बताउनुभयो ।
एकदिनको बन्दले ट्रक संचालनमा मात्र ५ करोड बढिको नोक्सान हुने बताउंदै उहांले विभिन्न बहानामा पटकपटक गरिने बन्दले व्यवसाय नै तहसनहस भएको बताउनुभयो । उहांले मधेशी दल लगायतको पछिल्लो पटकको आन्दोलनको क्रममा ३ वटा ट्रकमा आगजनी तथा तोडफोड गरी पूर्ण रुपमा क्षती पु¥याईएको र सयौंको संख्यामा सामान्य क्ष्ँती पु¥याईएको बताउनुभयो ।
पश्चिमाञ्चल यातायात व्यवसायी महासंघका अध्यक्ष्ँ लोकराज पोखरेलले प्रहरीको स्कटिङमै संचालन भएका साधनमाथी आक्रमण तथा तोडफोड गरिंदा र चालकको मृत्यु हुंदा समेत राज्यले सुरक्ष्ाँ दिन नसक्दा आफुहरु व्यवसाय नै बन्द गरेर बस्ने अवस्थामा पुगेको बताउनुभयो ।
चालकको मृत्यु हुनेगरी भएको आक्रमण, आगजनी तथा तोडफोडका घटनालाई सरकारले गम्भिर रुपमा लिई क्ष्ँतिपूर्ति उपलब्ध नगराए आफुहरु नै आन्दोलनमा जानुपर्ने बाध्यता आउने बताउनुभयो ।