-आफ्नो सवारी साधनको नियमित जाँच गर्नुहोस्, सवारीलाई राम्रो अबस्थामा राख्नुहोस् ।
– जिम्मेवार हुनुहोस्, नभुल्नुहोस् सवारी साधनले मार्न सक्छ-आफू तथा आफू वरिपरिको सुरक्षाप्रति सजग हुनुहोस् ।
– सवारी चलाउँदा सजग भई आफ्नो हकाईमा पूरा ध्यान दिनुहोस् ।
– अगाडी आउन सक्ने अबस्था बारे सोच्नुहोस् र आफ्नो गतिबिधीको पूर्वयोजना गर्नुहोस् ।
– धैर्य गर्नुहोस्, शान्त रही अरुले भूल गर्दा नरिसाउनुहोस् र तिब्रगतिमा सवारी नचलाउनुहोस् ।
– पदयात्री तथा अन्य सडक प्रयोगकर्ताप्रति सद्भाव राखि उनीहरुकोपनि सडक प्रयोग गर्ने अधिकार छ भनि याद राख्नुहोस् ।
– ट्राफिक नियमको सदैव पालना गर्नुहोस्, सबैले नियम पालना गर्दा ट्राफिक संचालन सुचारु रुपले हुन्छ ।
– ट्राफिक र बाटोको अबस्था अनुरुपको गतिमा सवारी चलाउनुहोस्, – नबिर्सौं ” छिटो गए भन्न सकिन्न, ढिलो गए अबस्य पुगिन्छ ” ।
-उचित, स्पष्ट रुपमा र समयमा नै आफ्नो उद्देश्यको संकेत दिनु होस् ।
– मादक पदार्थ सेवन गरेर कहिल्यैपनि सवारी नचलाउनुहोस्, थोरै मात्रामा मादक पदार्थको सेवनले सवारी चलाउने क्षमता धैरै घटाउँछ ।