मिना क्षेत्री
हामी प्राणी मध्येकै सर्वश्रेष्ठ वर्गमा पर्ने प्राणी मानव जाति अनि सामाजिक र चेतनशील मानिन्छौ । जसले परिवार समाज, राज्य राज्यको प्रभुत्व जमाएर हरक क्षेत्र अर्थात् पृथ्वीको हरेक कणकणमा बसोबास गरी आएको करालाई नकार्न सकिदैन ।
वास्तवमा मानिस एक्लैले सबै कुराको निर्माण गर्न सम्भव पनि हुदैन । त्यसैले कुनै एक निश्चित भूभागभित्र रहेर निर्माण हुन्छ परिवार, समाज अनि राज्य । यसलाई सही ढगंबाट परिचालन गर्नको लागि विधि विधान नियम कानुन आवश्यक हुन्छ र निर्माण पनि हुन्छ । त्यही नियम, कानुन व्यवहारमा लागू हुदै न । जसले गर्दा राज्यमा भयावह स्थिति सिर्जना हुन जान्छ । जुन स्थिति हामी मानवकै कारण उत्पन्न हुन्छ । सर्वश्रेष्ठ भनेर चिनिने हामी मानव जाति हामी आफै किन लापरवाहीको शिकार बन्न अग्रसर छौ ं ।
यो कुरा हामी प्रत्येक मानवले एक पटक आफै लाई सोध्नुपर्छ र प्रत्ये कले आआफना जिम्मेवारी, कर्तव्य र भूमिका पूरा गर्नुपर्छ ।मैले प्रस्तुत गर्न खोजेको कुरा सवारी दुर्घटनाका सम्वन्धमा हो । घटना दुर्घटना चाहे जेसुकै होस् ती सबै हृदयविदारक हुन्छन् । आज सवारी दुर्घटनाको कारणले कतिले अकालमा ज्यान गुमाउनु परेको छ त कति अपाङ्ग भएर जीवन जिउनुपरेको छ । अहिले सवारी दुर्घटना को बृद्वि यति धेरै भइरहेको छ कि यसको कुनै सीमा छैन ।
आज हरेक मान्छे बिहान घरबाट यात्रामा निस्कदा गन्तव्यमा सकुशल पुगिने हो या होइन भन्ने कुरा एक पटक मनमा उब्जिन्छ । सवारी दुर्घटना न्यूनीकरण वा निराकरणमा ध्यान नदिएको पनि हो इन राज्य पक्षबाट । सवारी दुर्घटनाको कारण बने को साँघुरो सडक पनि अहिले तीव्र रूपमा फराकिलो हुदैछ र कतै भईसके को पनि छ । तर पनि दुर्घटनामा कमी आएको छैन । समस्या ज्यूका त्यूरहेको छ अर्थात झन विकराल रूपमा बृद्वि भएको छ । जब दुर्घटना हुन्छ तब मात्र कुरा उठ्छ । अनि एक छिनमा सेलाएर जान्छ । मर्ने मर्छ, घाइतेले अपाङ्ग भएर जीवन गुजार्न बाध्य हुन्छ त सद्धेले ठूलो कालबाट जोगियो भन्छ ।
त्यसपछि त्यो दुर्घटना के कति कारणले भयो भनेर एउटा औपचारिक प्रतिवेदन बन्छ । आजसम्म जे जति दुर्घटना भएका छन् यस्तै यस्तैमा टुङ्गिएका छन् ।
ज्यानको माया त हरेक प्राणीलाई हुन्छ नै । त्यस्तै मान्छे लाई पनि हुन्छ । तर आज मानिसले मानिसकै ज्यान माथि खेलबहाड गरिरहेको अवस्था छ । आखिर किन ? यो सब हामी मानवको लापरबाहीले गर्दा हो भन्दा फरक नपर्ला । असोज कार्तिकको मात्र दुर्घटनामा ज्यान गुमाउने को संख्या २०० भन्दा बढी भईसकेको छ ।
प्रहरीको तथ्यांक अनुसार भने घाइते को संख्या त नगन्य जस्तै छ । एक पटक सँैचौं त हामी मानव सबै ले हाम्रो स्थिति परिस्थिति कहा पु¥याउला । यसै अनुपातमा दुर्घटना बढदै गयो भने ? अवश्य पनि हामी जो कोही पनि दुर्घटनाको शिकार बन्न सक्छौं । समयमै सतर्क सजग भएनौं भने सवारी दुर्घटना न्यूनीकरणमा कमी आउने छैन ।
हामी मानव जाति सबै ले आ आफ्नो क्षेत्रबाट सवारी दुर्घटना न्यूनीकरण वा निराकरणमा जिम्मेवारी कर्तव्य र भूमिका पूरा गर्दै अगाडि बढयौ भने यति ठूला ठूला दुर्घटनाको दृश्य देख्न र भोग्न पर्ला त ? अवश्य पनि पर्र्दैन । सबै मिले असम्भव के नै छ र ? प्रत्येक दुर्घटनामा एक न एक पक्ष दोषी मानिन्छ त्यो औपचारिकतामा सीमित रहन्छ । मानौं कहिले चालक दोषी, कहिले सडक दोषी, कहिले सवारी दोषी । यस्तै यस्तै कारणले दुर्घटना भएको जनाइन्छ । तर वास्तविकतामा ध्यान दिइन्न । वास्तकिता भनेको हामी प्रत्येक मानवले आ आफनो क्षेत्रबाट आ आफ्नो जिम्मेवारी पूरा ग¥यांै भने अवश्य पनि दुर्घटनाहरू न्यूनीकरण वा निराकरण गर्न सकिन्छ जस्तो लाग्छ । हामीले जिम्मेवारी बोधका साथ बहन गर्न सक्नुपर्छ आ आफनो क्षेत्रमा रहेर ।
राज्यले सवारी नियम कानुन सही ढंगले कडाईका साथ लागु गर्नुपर्छ । त्यसमा राज्यका विभिन्न निकायमा राज्यको सिन्दूर पहिरिएका मानवको जिम्मेवारी हुन्छ । जस्तो कि चालक अनुमति पत्र प्रदान कार्यमा कडाईं । सक्षम चालकलाई मात्र अनुमति पत्र प्रदान गरिनुपर्छ । सरसर्ती हेर्दा कहीं कतै असक्षम चालकले पनि अनुमति प्राप्त गरेकोे पाउन सकिन्छ । जहाबाट शुरु हन्छ दूर्घटनाको कारकतत्व । मैले यो भनेर अनुमति पत्र वितरण नै गर्न हुदैन भनेको भने होइन मात्र यति भन्न खोजेको हो कि अनुमति पत्र वितरण गर्ने क्रममा आफनो जिम्मेवारी कर्तव्य दायित्व अनि भूमिकालाई नबिर्सिएर कार्य सम्पादन गर्नु भयो भने सम्बन्धित निकायमा रहनुभएको मानव जातिले दुर्घटनालाई न्यूनीकरण वा निराकरण गर्न सम्भव हुन्छ । मही माग्ने ढुङ्ग्रो लुकाउने जस्तै गर्नुहुदैन । त्यस्तै गरी ट्रफिक नियम पनि कडाईंका साथ लागू र पालना गर्नु गराउनुपर्छ ।
हामी मानव जातीले ट्राफिक नियम लागुगर्न अनि पालना गर्न नसक्नुले पनि दुर्घटना बढिरहेको पाइन्छ । सवारीको अवस् था राम्रो नभएमा उक्त सवारीले अर्को सवारीलाई कुनै इशारा गर्न सक्दैन । जसको कारण दुर्घटना निम्तिन्छ । सवारीको बिग्रिएको वा अवस्था ठीक नभएको अवस्थामा पनि खेलबाड गरेर कुनै सवारी गुडिरहेको पाइएमा उक्त सवारीलाई कारवाही गर्न जरुरी हुन्छ । कारवाही भनेर हामी कहा चिट काट्ने प्रचलन छ, यसलाई निरन्तरता दिनु राम्रो अवश्य होइन । त्यस्ता सवारीलाई अनिवार्य मर्मत गर्न चेतावनी दिई अवस्था ठीक नपारे सम्म गुड्न निषेध गरिनुपर्छ ।
त्यस्तै ओभरलोड सवारीलाई पनि लोड सही अवस्थामा ल्याउनुपर्छ । अझ भन्ने हो भने हामी कहा यस्तो ट्राफिक नियम प्रचलनमा छ कि सवारी कारवाही गर्ने मात्र चिट काटेर गुड्न दिने अर्थात् पास दिने यसले गर्दा व्यावसायी, चालक बन्धुको चिट काटे त भइहाल्छ नि भन्ने सोच बढेर गएको पाइन्छ । यसलाई पनि सुधार गर्न आवश्यक देखिन्छ । यो जिम्मेवारीलाई पनि बिर्सन हुदैन ट्राफिक नियम लागुगर्न जिम्मेवारी लिएर राज्यको आधिकारिक ओहोदामा रहेर कार्य सञ्चालन गरि रहनुभएको मानव जातिले ।सवारी दुर्घटना राज्य पक्षको कमीकमजोरीले मात्र बढिरहेको छैन ।
हामी सर्वसाधारण भनेर भनिने मानव जाति पनि यसबाट अछुतो छैनौं सवारी दुर्घटना बद्वि हुनुमा । सवारी न्यूनीकरण वा निराकरण गर्नको लागी विशेष गरी व्यावसायी, चालक , यात्रु, पैदल यात्री हामी सबैले आआफनो जिम्मेवारी कर्तव्य र भूमिकालाई बिर्सन हुदैन । हामी आफूले गरेका गल्ती देख्दैनौ र अरूलाई दोष दिन पनि पछि पर्दैनांै । व्यावसायी,चालक,यात्री, पैदल यात्री जो कोही भए पनि हामी मानव हौं ।
हामी सबै लाई प्राणको माया हुन्छ नै । उदाहरण कै रूपमा लिने हो भने पनि हामी मानव जोकोहीले पनि कुनै आपत विपत परेको अवस्थामा सबैभन्दा पहिले हामी आफू नै जोगिने हतारमा हुन्छौ आफू जोगिएपछि तब मात्र अरूको खोजी गर्छौं हैन ? त्यसैले हेर्नोस् त ज्यानको माया कति छ ? सवारी दुर्घटना पनि कतिपय अवस्थामा हाम्रो लापवाही स्वरूप भएको अवस्था छ । आज हामीले आआफनो जिम्मेवारी बोध गर्न नसकेको कारण कति मानवले अनाहकमा अकालमा ज्यान गुमाउन परेको छ । कति अपाङ्ग भएर जीवन गुजार्न विवश हुनुपरेको छ । ती मध्ये हामी कोही न कोहीको आफन्त, नातागोता , बाल बच्चा, बाबु आमा जो कोही पनि हुनसक्छ । त्यसैले हामी सबैले आ आफनो जिम्मेवारी बोध गरे सावधानी अपनायो भने यो अवस्था आउदैन जस्तो लाग्छ ।
व्यवसायी बन्धुहरूले पनि आफ्नो सवारीको अवस्था के कस्तो छ त्यसको जानकारी राख्नुपर्छ प्राविधिकको सहायता लिएर । यदि आफनो सवारीको अवस्था ठिक छैन भने तुरुन्त मर्मत् सम्भार गरिहाल्नु पर्छ । कोही व्यवसायी यस्तो पनि हुनुहुन्छ होला आफनो सवारीको बिमा गरेको छ । के मर्मतमा खर्च गर्ने ? भन्ने तर व्यावसायीले यो पनि बझ्नुपर्छ कि मेरो सवारीमा कति मानवले यात्रा गर्छन् भनेर । व्यावसायी बन्धुहरू कोही यस्तो सोचाईमा हुनुहुन्छ भने तपाईले सरासर गल्ती गरि रहनुभाको छ र अबदेखि यो गल्ती नदोहो ¥याउनुहो ला । अर्को कुरा आफनो सवारी चलाउने चालक सक्षम छ कि छै न भने र जान्न पनि व्यावसायी बन्धुहरूको जिम्मेवारी हो । यसलाई पनि ख्याल गर्नु पर्छ । सक्षम चालकलाई सवारी जिम्मा दियो भने आफनो सवारी सुरक्षित हुन्छ साथै यात्रा पनि ।
त्यस्तै आफनो सवारी चालक तथा कर्मचारीलाई के कस्तो तरिकाले खुशी पार्न सकिन्छ मिठो बोलेर,राम्रो व्यावहार गरे , उपर्युक्त सेवा सुविधा दिएर यी यावत कुरालाई ध्यान दिनुपनि व्यावसयीको जिम्मेवारी हो । जसको फलस्वरूप दुर्घटना कम या निर्मूल पार्न सकिन्छ । त्यस्तैगरी चालक बन्धुहरूले पनि आफूले चलाउने सवारीको अवस् था ठीक छ छैन भनि चेक जाच राम्रो संग गर्नुपर्छ यात्रा शुरु गर्नु भन्दा पहिला । आफूले चलाउने सवारीको क्षमता कति छ र कति भार उठाउनुपर्छ भनेर ध्यान दिनुपर्छ । यात्रा शुरु गरे पछि आफनो ध्यान आपूmले चलाएको सवारीमा केन्द्रित गर्नुपर्छ । चालकले यो कुरा बुभ्mन जरुरी छ कि एकजनाको हातमा कति जनाको ज्यान अडिएको छ भनेर ।
यात्रामा चालकले मादक पदार्थ सेवन गर्न हुदैन । यो जिम्मेवारी चालक बन्धुहरूले बहन गर्न जरुरी हुन्छ । चालक बन्धुहरूले कतिपय अवस्थामा व्यावसायीको दबाबमा सवारी चलाएको पाउन सकिन्छ । जस्तो कि आफ्नो साहुले दिएको तार्गेट पुरा गर्नको निम्ति । सुनिन्छ, कहिले काहिं यात्रामा साहुले दिएको तार्गेट पूरा भएन भने आफनो भत्ता काटिन्छ । कुनै व्यावसायीले यसरी आफूलाई दबाबमा राख्छन् भने अर्को राम्रो व्यासायी खोज्नुपर्छ । यदि कोही चालक बन्धुहरूले दबाबमा काम गरि रहनुभएको छ भने यो सरासर गल्ती गरि रहनुभएको छ भन्दा फरक नपर्ला किनकि खुल्ला दिमागले काम गर्न र दबाबमा काम गर्नको परिणाम आकास पातालको फरक हुन्छ । त्यसैले आफनो जिम्मेवारी बिर्सेर दबाबमा काम गर्न हुदैन ।
चालकले यो कुरामा पनि ध्यान दिन जरुरी छ कि सडक सबैको साझा हो जहाआफू जस्तै हजारौ चालकले सवारी गुडाइ रहेका छन् । ओभरटेक गर्दा होस या सवारी रोक्दा, मोड सडकमा होस् या साघुरो सडकमा होस ट्राफिक सिग्नल दिएर मात्र सवारीलाई हाक्नुपर्छ । कहिले काहिं चालक सहचालक यात्रुसंग बाभ्mने प्रवृत्ति पनि पाउन सकिन्छ । मानिन्छ, ग्राहकलाई देवता समान भनेर तर त्यस्तो व्यावहार पाईंदैन चालक सहचालक बन्धुहरूमा । अझ अपशब्दले समेत यात्रुलाई चिडाउने काम समेत गर्न पछि पर्दैनन् ।
यात्रुसग कस्तो व्यावहार गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । सवारी लोड गर्दा पनि क्षमता भन्दा बढी लोड गर्न हुदैन । यो चालक सहचालकको महत्वपूर्ण जिम्मेवारी हो ।चालक, सहचालक बन्धुहरूले आफनो जिम्मेवारीलाई बोध गर्न सके मात्र सवारी सवारी दुर्घटना न्यूनीकरण वा निराकरण गर्न सम्भव हुन्छ ।सवारी दुर्घटना बृद्वि हुनुमा हामी यात्रुपैदल यात्र पनि उत्तिकै जिम्मेवारी छौ ं । हामीले आफनो गल्तीलाई देख्दैनौ । दोष दिन जानेका हुन्छौ ं चालक , सहचालक , व्यावसायी अनि राज्यलाई । वास्तवमा भन्ने हो भने हामीले अरूलाई दोष दिनुको सट्टा आफूलाई सुधार्न सक्नुपर्छ । सुधारको शुरुवात हामी आफै बाट गर्न सक्नुपर्छ । हामीले यो कुृरासंग सम्बिन्धित नै छैनौ जस्तो गर्छौं । सबैभन्दा ठूलो गल्ती यहींनिर गरि रहेका हुन्छांै ।
हामी उपभोक्ता आफूले उपभोग गर्नुे सामान के कस्तो हुनुपर्छ र कसरी उपभोग गर्नु पर्छ भन्ने कुरामा बेवास्ता गर्छोै वा अर्धचेतन जस्तै बन्छौ ं । त्यसैले हामी आफू सतर्क अनि सजग हुन जरुरी छ । अझ भन्ने हो भने आफ्नो शरीरको भैसीं नदेख्ने अरूको शरीरको जुम्रा देख्ने हाम्रो प्रवृतिले गर्दा पनि पछौटे भएका छौ ं । मैले भन्न खोजे को कुरा सवारीमा खचाखच भीड देख्दा देख्दै पनि त्यही सवारीमा यात्रा गर्न तयार हुन्छांै । अझ सवारीको कर्मचारीहरूले सिट छैन भन्दा पनि जबरजस्त यात्रा गर्न खोज्छा ं । यदि कुनै सवारीमा सिट नभएर या उभिने ठाउ पनि नभएर रो किदिएन भने गाली दिने ढुंगा हान्ने प्रवृत्तिले गर्दा मानवताको सभ्यता नै हराएको जस्तो लाग्छ । हामी यात्रुपक्ष पनि जिम्मेवार र संवेदनशील हुन जरुरी छ । यो हामी सवैको कर्तव्य अनि दायित्व पनि हो भन्दा फरक नपर्ला ।
यात्रा गर्ने हामी जो कोहीले पनि ओभरलोड भईसकेको सवारीमा यात्रा गर्नुभनेको असुरक्षित यात्रामा सहभागी हुनुहो भन्ने कुरा बुझ्नुपर्छ । त्यस्तो सवारीमा यात्रा गर्नु हुदैन । यदि सवारीको कर्मचारीले सिट मिलाई दिन्छुभने पनि बुझ्नुहोस् कि म आफू ठगिदै छुभन्ने कुरा । यथार्थ भन्दा हामी यात्रुपक्षले नै ठूलै गल्ती गर्छौ किनकि हामी जहिले पनि हतारमा हुन्छौ ं । त्यसैले त जोखिम मोल्न तयार हुन्छौ । तर एक घण्टा पनि प्रतिक्षा गर्न नसक्ने प्रवृत्तिले गर्दा कति मूल्य चुकाउन पर्छ भन्ने कुरा बुभ्mदैनौ ं । आखिर किन ? के यो हाम्रो भूल होइन ? आज एक्काईसौ शताब्दीका हामी मानव चे तना भएर पनि नभए जस्तो गर्नुयो हाम्रो पछौटेपन होइन र ? हामी यात्रुहरूले पनि सवारीको चालक सह–चालकलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न जरुरी छ ।
भनिन्छ ,आफूले मान पाउनको निम्ति अरूलाई सम्मान दिन सक्नुपर्छ । त्यसै ले यात्रुभनेर चिनिने हामी मानव जातिले पनि सवारी चालक सह–चालकसंग राम्रो व्यावहार गर्न जान्नुपर्छ । कतिपय यात्रुले भाडा दिने क्रममा सवारी कर्मचारीसंग चालुभाडा दिन पनि कचकच गरेको देखिन्छ । हामीले यात्रा गरे पछि भाडा तिर्नुहामी यात्रुको जिम्मेवारी हो यो भनेर मैले सवारीका कर्मचारीको बचाउ गर्न पनि खोजेको होइन । यो पनि देखिन्छ चालुभाडा भन्दा बढी मागेको पनि हुन्छन् । यसको उपर्युक्त समाधान तो किएको भाडादर सवारीमा स्पष्ट देखिने
गरी राख्ने व्यावस्था गर्नुपर्छ । हामीले नियमलाई निरन्तरता दिन सकिरहेका छैनौं । यो कमजोरी राज्य पक्षबाट भएको छ किनकि सार्वजनिक सवारीमा अनिवार्य टिकटको व्यावस्था पनि छैन । यस्तै यस्तै झडपले गर्दा दुर्घटना निम्तिन सक्छ । त्यसैले हामी सबै मानवले सबै भन्दा पहिला हरेकले आफूलाई सुधार गर्नै पर्छ ।
भनिन्छ, आफू भलो त संसार भलो । यसै गरी पैदल यात्रुले यात्रा गर्दा पनि सवारी दुर्घटना बढिरहेको पाइन्छ । सहरी इलाकामा । त्यसैले पैदल यात्रुले पनि बाटो क्रस गर्दा जेब्रा क्रसिङ्ग प्रयोग गर्नुपर्छ । यदि जेब्रा क्रसिङ्ग नभएको स्थानबाट बाटो क्रस गर्नु प¥यो भने दुवै साईडमा आईरहेको सवारीलाई ख्याल गरी बुद्विमानीपूर्वक वा सावधानीपूर्वक बाटो क्रस गर्नुपर्छ । किनकि सवारीको कुनै ग्यारेन्टी हुदैन । कुनै कुनै अवस्थामा चालकले चाहेर पनि रोक्न सक्दैन । त्यसैले हामी पैदल यात्रुले सावधानी अपनाउन नसकेको खण्डमा ठूलो दुर्घटना निम्तिन सक्छ । त्यसैले म भन्न चाहन्छुकि हामी सबै मानवजाति सबै लाई प्राणको माया छ , जीवनको माया छ र सक्षम जीवन चाहिएको छ त्यसैले हामी आआफ्नो क्षेत्रबाट जिम्मेवार भयौं र त्यो जिम्मेवारीलाई बहन ग¥यौ भने कोही कसैको अकालमा ज्यान जादैन र कोही पनि अपाङ्ग , अशक्त निरिह भएर जीवन जिउन पर्ने छैन । कुरा सवारी दुर्घटना न्यूनीकरणका गर्ने त गरिन्छ तर व्यावहारमा लागु गरिंदैन । यस कुरामा म भन्ने भावना त्यागेर हामी भन्ने भावना जागृत गर्न सक्यांै भने सवारी दुर्घटना न्यूनीकरण वा निराकरण गर्न सम्भव हुन्छ अवश्य पनि ।