बुटवल जेठ १२
सात दिनभित्र सडक सिमा मिचेर बनाईएका घर भत्काउछु भनेर सहमती गरेका घरधनीले घर भत्काउनुको सट्टा आलटाल गर्ने प्रयत्न गरेका छन ।बुटवलको राजमार्ग चौरहामा सडक सिमा भित्र निर्माण गरिएका संरचना सहमती बमोजिम भत्काउनुको सट्टा अदालत गुहार्दै अलमल गर्ने प्रयत्न गरेका हुन ।
बुटवल बेलहिया ब्यापारीक मार्ग परियोजनाले पटक पटक सडक सिमा मिचेर बनाइएका संरचना हटाउन आग्रह गर्दा अटेर गरेपछि परियोजना आफैले डोजर प्रयोग गरेर हटाउने प्रयत्न गरेपछि उद्योग बाणिज्य संघको पहलमा आफै भत्काउने सहमती भएको थियो ।
बुटवल उद्यँेग बाणिज्य संघका अध्यक्ष उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष लगायतका प्रतिनिधिहरुको आग्रहमा परियोजनाले डोजर प्रयोग गरी भत्काउने कार्य स्थगन गरेको थियो ।
उपमहानगरपािलका वडा नं ११ का दिप आचार्यले पुनरावेदन अदालतमा अन्तरीम आदेशको माग गर्दै तत्काल घर भत्काउने कार्य रोक्न माग गरेको बताईएको छ ।
आचार्यले निवेदन दिए पनि अदालतले अन्तरीम आदेश जारी गर्नु नपर्ने ठहर गर्दै आगामी बिहीवार दुवै पक्षलाई छलफलका लागी बोलाएको बुझिएको छ ।
यस अघि पनि भैरहवाका ब्यवसायीहरुले दिएको निवेदनमा पुनरावेदन अदालत बुटवलले सडक सिमा मिचीएका घरहरु भत्काउन मिल्नेगरी सडक परियोजनालाई बाटो खुल्ला गरेको थियो ।
आचार्यले आफुले नियम संगत तरिकाले ७५ फुटमा नक्सा पास गरेर घर निर्माण गरेको र उक्त घर र आन्तरीक संरचना निर्माणमा ४ करोड रुपैया लगानी परेको दावी गर्दै क्षतीपुर्ति समेत माग गरेको बताईएको छ ।
परियोजनका ईन्जिनियर लिला भण्डारीले परियोजनका बिरुद्ध अदालतमा मुद्दा परेको स्विकार गर्दै १४ गते अदालतले छलफलका लागी बोलाएको र आफुहरु छलफलमा जाने गरी तयारीमा रहेको बताउनु भयो ।