बिन घिमिरे,
सैनामैना, ३१ बैसाख
धेरै जसो सवारी दुर्घटना चालकले मादक पर्दाथ तथा लागु औषधिको प्रयोगले गर्दानै हुने एक कार्यक्रममा बोल्ने बक्ताहरुले औल्याएका छन ।
उनिहरुले विद्यार्थी जिवनबाट नै जनचेतना फैलाउन सकियो भने दुर्घटना न्यनिकरण गर्न सकिने सुझाएका छन थिए ।
रुपन्देहीको सैनामैनामा नगरपालिका मुर्गीयामा आयोजित सडक सुरक्ष्ाँ सम्बन्धि अभिमुखिकरण कार्यक्रम मा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन् ।
नेपाल रेडक्रस सोसाईटी र टाफिक प्रहरीको आयोजनामा १४ जिल्लामा जनचेतना मुलक कार्यक्रम सञ्चालन भईरहेको छ ।
सप्ताह अन्र्तगत सुक्रवार सैनामैनाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको उपस्थितीमा सडकमा गुडिरहेका सवारी साधनलाई रोकी चेतनामुलक प्रचा पम्पेलट वितरण गरिएको थियो ।
नेपाल रेडक्रश सोसाईटि पर्राेहा शाखाले पर्राेहामा आयोजना गरेको कार्यक्रममा यस क्षेत्रमा रहेका बिभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागितामा विभिन्न जनचेतना मुलक कार्यक्रम साथै सवारी साधनका चालक तथा अन्य सडक प्रयोगकर्ताहरुलाई सडकको सुरक्षित प्रयोगवारे जानकारी दिईएको थियो ।
नेपाल रेडक्रश रुपन्देही जिल्ला शाखा सभापति पे्रमलाल उदास, जिल्ला ट्राफिक प्रहरी कार्यलय रुपन्देहीका प्रमुख अन्जन कोईराला, सैनामैना नेपाली काग्रेस नगर सभापति राम प्रसाद अधिकारी, एनेकपा माओबादी का हरि प्रसाद भट्टराई, नेपाल रेडक्रश उपशाखा दुधराक्षका अध्यक्ष रिम बहादुर श्रेष्ठ लगायतले बोल्दै जनचेतनाले पनि केहि हद सम्म दुर्घटना न्युनिकरण गर्न सक्ने कुरा बताएका थिए ।
कार्यक्रम नेपाल रेडक्रस सोसाईटी पर्राेहा उपशाखाका सभापति गोबिन्द लम्सालको अध्यक्ष्ँता, रुपन्देहीका मन्त्री कृष्ण पंगनीको स्वागत तथा नेपाल रेडक्रस सोसाईटी पर्राेहा उपशाखाका सचिब लोकनाथ अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।