यमलाल भुसाल
बुटवल ९ फागुन
राज्यले ढुवानी प्रवद्धनको लागि स्पष्ट नीति बनाउन टयाङ्कर व्यवसायीहरुले आग्रह गरेका छन् । उनीहरुले व्यवस्थित ढुवानी नीति नहु“दा इन्धन ढुवानी गर्ने टयाङकर व्यवसायीहरु ठूलो समस्यामा रहेको भन्दै सुरक्षित र भरपर्दो ढुवानी नीति निर्माण गर्न राज्यस“ग आग्रह गरेका छन् । पश्चिमाञ्चल टयाङ्कर व्यवसायी संघ रुपन्देहीको आइतबार बुटवलमा भएको ११ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनमा बोल्दै व्यवसायीहरुले सबै क्षेत्रका ढुवानी व्यवसायी सुरक्षाको ग्यारेन्टी हुने गरी नीति बनाउन आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै पेट्रोलियम डिलर एशोसिएसन महासंघका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले राज्यको ढुवानी नीति नहु“दा व्यवसायीहरुले नोक्सानी बेर्होन बाध्य भएको बताउनु भयो । उहाले पेट्रोलिय पद्धार्थ र ट्याङकर व्यवसायी एक सिक्काका दुई पाटा रहेको भन्दै उपभोक्ता र लगानी कर्ताको प्रतिफल आउने गरी योजना आउनुपर्ने बताउनु भयो । पेट्रोलिय ढुवानी व्यवसायी मिलेर इन्धन ढुवानीको परिणाम पनि निर्धारण हुनुपर्ने उहाले बताउनु भयो ।
कार्यक्रममा पेट्रोलिय ढुवानी व्यवसायी संघका महासचिव विश्व प्रसाद अर्यालले भौतिक पूर्वाधारको अभावले ढुवानी व्यवसायीहरुले आवश्यक मात्रामा ढुवानी गर्न नपाएको बताउनु भयो । उहाले भारतले अब व्यवसायीहरुले पूरा मात्रामा तेल ल्याउने वातावरण निर्माण गर्न राज्यसग आग्रह गर्नु भयोे । संघका सल्लाहकार चोपनारायण श्रेष्ठले भलवारी डिपो अन्तरगत चल्ने टयाङकरहरुले मासिक ३÷४ टिप मात्र चल्ने गरेको भन्दै क्षमता बढाएर ढुवानी नियमित हुने अवस्था बनाउन आग्रह गर्नु भयोे ।
कार्यक्रममा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोशियसनका अध्यक्ष प्रेम न्यौपाने, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारी, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खिमबहादुर हमाल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष लोकराज पोखरेल, संघका पूर्व अध्यक्ष हरिबहादुर कु“वर, संघका सह–अध्यक्ष अविनास जैसवाल, पत्रकार खिमानन्द भट्टराई, संघका महासचिव महेश्वर राज पाण्डे लगायतले भलवाडी डिपोको क्षमता विस्तार गर्नु पर्नेमा जोड दिनु भएको थियो । संघका अध्यक्ष राकेश कुमार कसौधनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–महासचिव भिष्म भारीले गर्नु भएको थियो ।